नेप्सेमा गिरावट, तीन हजार विन्दुबाट तल झर्‍यो | Khabarhub Khabarhub

नेप्सेमा गिरावट, तीन हजार विन्दुबाट तल झर्‍यो


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधबार ५२ दशमलब ४१ अंकले घटेर तीन हजारभन्दा तल झरेको छ ।

यसअघि सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको नेप्से बुधबार ओरालो लागेको हो ।

बुधबार बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ । आज १५ अर्ब ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आइतबार २ हजार ९ सय ८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । मंगलबार झिनो अंकले ‘करेक्सन’ देखिए पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।

नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको शेयर बजारमा असर देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ४५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा