व्यवसायी प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन | Khabarhub Khabarhub

व्यवसायी प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार उनी एक व्यवसायीसँग प्रेम सम्बन्धमा छिन् । ती व्यवसायीसँग बस्नका लागि उनी अहिले नयाँ घर खोजिरहेकी छन् ।

ज्याकलिनले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म गोपनियता कायम गरेकी छन् । तर ज्याकलिन निकट स्रोतका अनुसार दुई महिनादेखि उनी जुहू र बान्द्राको बीचमा फेसिङ घरको खोजी गरिरहेकी छन् ।

‘उनी अहिले एक्लै घरको खोजी गरिरहेकी छन् । जुन घरमा उनी आफ्नो विशेष मान्छेसँग बस्न चाहन्छिन् । कैयौं घर हेरिसकेपछि उनीहरुले अन्ततः जुहूमा एक घर भेटेका छन्’, स्रोतले भनेको छ ।

घरको इन्टेरियर डिजाइनका लागि उनीहरुले फ्रान्सबाट एक डिजाइनर हायर गरेका छन् । डिजाइनरले ज्याकलिनले भनेअनुसारको डिजाइनको काम गरिरहेका छन् । जसका लागि प्रारम्भिक चरणा ज्याकलिनले केही रकम डिजाइनरलाई दिएकी छन् र मुम्बईमा लागु भएको लकडाउन खुल्नासाथ फाइनल सम्झौता गर्नेछन् ।

ज्याकलिन र उनको व्यवसायी प्रेमी प्रेम सम्बन्धलाई लिएर गम्भीर छन् । उनीहरु भिडियो कलमार्फत एकापसमा कुराकानी गर्छन् । घरको कुरा पनि उनीहरुले भिडियोमार्फत नै फाइनल गरेका हुन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ४ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६