कांग्रेसमा देउवाको उत्तराधिकारी को ? « Khabarhub
Logo
१८ श्रावण २०७८, सोमबार

कांग्रेसमा देउवाको उत्तराधिकारी को ?



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय राजनीतिमा जति आलोचित हुँदै छन्, पार्टीको आन्तरिक राजनीतिमा त्यति नै शक्तिशाली बन्दै छन् । तेह्रौँ महाधिवेशन यताको साढे पाँच वर्षमा देउवालाई सफल भन्ने व्यक्ति भेटाउन मुस्किल पर्छ । २०५२ सालमै प्रधानमन्त्री बनेका देउवाले पार्टी सभापति बनेपछि आफ्नो राजनीतिक उचाइ थप्न सकेनन् तर कांग्रेसभित्र उनलाई चुनौती दिने गरी अरू नेताले उचाइ बढाउन पनि सकेनन् ।

तेह्रौँ महाधिवेशनमा प्रतिस्पर्धा गर्दासम्म नेता रामचन्द्र पौडेल देउवा बराबरका नेता मानिन्थे । पाँच वर्षमा पौडेल आफ्नै समूहमा पनि सर्वसम्मत नेता बन्न सकेनन् । गत आम निर्वाचनमा भारी मतान्तरले पराजित भएपछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा पौडेलको भूमिका खुम्चियो । भित्री मनले नमाने पनि देउवाकै वरिपरि घुम्नुबाहेक पौडेलले अर्को विकल्प फेला पार्न सकेनन् । प्रधानमन्त्री बनिदिनुपर्‍यो भन्दै देउवाकहाँ जानुपर्ने बाध्यतामा पौडेल पुगे ।

पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सकेसम्म शक्तिमा पुग्न रोक्ने भित्री खेल राजनीतिको एउटा अङ्गभित्रै पर्छ । पार्टीमा शक्ति आर्जन गर्ने यसरी नै हो । सके आफू शक्तिमा पुग्ने नसके आफ्नो प्रतिस्पर्धीलाई रोक्ने नेताहरूको साझा चरित्र हो । कांग्रेसमा यस्तोसम्म देखियो कि पौडेल प्रधानमन्त्री बन्न देउवालाई आग्रह गर्ने तर देउवा मलाई प्रधानमन्त्री पदको लोभ छैन भन्दै त्याग गरेको जस्तो देखाउने ।

यति वेला देउवा प्रधानमन्त्री बन्नु भनेको पौडेल पार्टी सभापति बन्ने सम्भावनाको ढोका बन्द हुनु हो । यो कुरा पौडेलले नबुझेका होइनन् तर कुन बाध्यताले पौडेल यस्तो प्रयास गर्न पुगे भन्ने प्रश्न अनुत्तरित छ ।

२०६४ सालको आम निर्वाचनपछि देउवालाई पराजित गर्दै पौडेल संसदीय दलको नेता बने । संसदीय दलको नेता बन्नुको अर्थ हो सो अविधमा अवसर आए प्रधानमन्त्री बन्ने । प्रचण्डको बर्हिगमनपछि आलोपालोको सहमतिअनुसार कांग्रेसले एमालेका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न सघायो । करिब १६ महिनापछि एमालेकै झलनाथ खनाल समूहको असहयोगका कारण राजीनामा दिन नेपाल बाध्य भए ।

नेपालको राजीनामापछि कांग्रेसले प्रधानमन्त्रीका रूपमा स्वाभाविक दाबी गर्‍यो तर देउवाले संसदीय दलका नेता पौडेललाई साथ दिएनन् । पार्टीको बैठकमा देउवाले पनि दाबी गरे । पौडेलले तर्क थियो– संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री बन्ने अधिकार मेरो हो ।

जसरी २०३७ सालको जनमत सङ्ग्रहमा बीपी कोइरालाले परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गरेर मुलुकको राजनीति तरङ्गित बनाएका थिए । त्यसरी नै देउवाले चौधौँ महाधिवेशनमा निधिलाई अघि सार्ने हो भने देउवाको राजनीतिक उचाइले नयाँ रेकर्ड बनाउनेछ ।

देउवाले मानेनन् । उनको भनाइ थियो– संविधानमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता नै हुनुपर्छ भन्ने छैन, जसको सम्भावना हुन्छ पार्टीले उसैलाई पठाउने हो ।

देउवा र पौडेलको रस्साकस्सीपछि कांग्रेसको केन्द्रीय समितिले अचम्मको निर्णय गर्‍यो– अरू पार्टीहरूले सर्वसम्मत साथ दिने अवस्थामा पौडेल उम्मेदवार बन्ने अन्यथा देउवा अघि सर्ने ।

एमालेभित्र पौडेलका लागि सर्वसम्मतिको वातावरण बनेन । माधव नेपाल लचक भए पनि केपी शर्मा ओली पौडेलको पक्षमा उभिएनन् । एमालेले कुनै निर्णय गरेन । सत्र पटक मतदान हुँदा पनि उनलाई बहुमत प्राप्त भएन । ओलीको सहयोगमा देउवाले पौडेलको उदय रोके । त्यतिबेला पौडेललाई रोक्न नसकेका भए तेह्रौँ महाधिवेशनमा देउवा पार्टी सभापति बन्न सजिलो थिएन ।

पार्टीको नेतृत्वमा पुग्नु भनेको प्रधानमन्त्री बन्नु भन्ने पनि हो । राजनीतिकर्मीका लागि पार्टीको नेतृत्व साधन हो, प्रधानमन्त्री पद साध्य । केन्द्रीय समितिमा आफूभन्दा वरिष्ठ ११ जनालाई उछिनेर २०५२ सालमा ५१ वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पार्टीको नेतृत्वमा पुगेका थिएनन् ।

देउवाले कांग्रेसको सभापति बन्न धेरै प्रयास गरे । दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाद्वारा पराजित गरिए । एघारौँ महाधिवेशनमा पार्टी विभाजन भएकोले देउवा अलग रहे । बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाद्वारा पराजित गरिए । तेह्रौँ महाधिवेशनमा पराजित हुने छुट देउवालाई थिएन । सबै सामर्थ्य प्रयोग गरेर सभापति पदमा निर्वाचित भए ।

देउवाले चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् । गिरिजाप्रसाद कोइराला पनि दोहोर्‍याई तेहर्‍याई सभापति बनेका थिए । गिरिजाप्रसाद छोरी सुजातालाई आफ्नो उत्तराधिकारी बनाउने, नसके कांग्रेसको नेतृत्व आफ्नो परिवारबाट बाहिर जान नदिने रणनीतिमा थिए ।

देउवाले भविष्यमा कसलाई उत्तराधिकारी बनाउन फेरि बन्न खोज्दैछन् भन्ने चासो कांग्रेसभित्र हुनु स्वाभाविकै हो । आफ्नो पक्षमा उत्तराधिकारी तयार भइनसकेकोले देउवाले दोहोर्‍याउन खोजेका हुन् भन्ने हो भने पनि उपसभापति विमलेन्द्र निधिले सबै योग्यता पूरा गरेका छन् । मधेशी समुदायको भएकाले पनि कांग्रेसभित्र निधिको औचित्य प्रकट हुन थालेको मानिएको छ ।

केही वर्षयता गगनका गतिविधि देउवाका लागि लाभदायक भएका छन् । कांग्रेसलाई आफ्नो हातमा लिने आरजुको दीर्घकालीन योजनामा गगनका गतिविधि साधक हुने देखिन्छ ।

जसरी २०३७ सालको जनमत सङ्ग्रहमा बीपी कोइरालाले परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गरेर मुलुकको राजनीति तरङ्गित बनाएका थिए । त्यसरी नै देउवाले चौधौँ महाधिवेशनमा निधिलाई अघि सार्ने हो भने देउवाको राजनीतिक उचाइले नयाँ रेकर्ड बनाउनेछ । देउवा यसतर्फ सोच्नतयार छैनन् । उनी किन तयार छैनन् भन्ने बुझ्न केही घटना र कांग्रेसभित्रका केही नेताहरूका अभिव्याक्ति स्मरण गर्नु सान्दर्भिक हुन्छ ।

आजभन्दा २८ वर्षअघि नेतृ शैलजा आचार्यले भनेकी थिइन्– नेपाली कांग्रेसलाई आफ्नो हातमा लिने लामो डिजाइनअन्तर्गत नै आरजु राणा शेरबहादुर देउवाकी पत्नी बनेकी हुन्, अब देउवालाई अघि सारेर कांग्रेसका नेताहरू एक–एक गर्दै समाप्त पारिनेछन् ।

हुन पनि आरजु आएपछि कांग्रेसभित्र पुराना नेताहरूलाई विस्थापित गर्ने खेल शुरू भयो । आरजुलाई श्रीमतीका रूपमा भित्र्याएको दुई वर्षभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र महेन्द्रनारायण निधि जस्ता मूर्धन्य नेताहरूलाई पछाडि पारेर देउवा प्रधानमन्त्री बन्न सफल भए ।

देउवालाई कोइरालाबन्धु गिरिजाप्रसाद र सुशीलले चुनौती दिए तर अब देउवा पार्टीभित्र करिब चुनौतीविहीन छन् । डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह एक ठाउँमा नउभिँदासम्म देउवाका लागि पार्टीभित्र खासै चुनौती छैन । यी तीनजना एकै ठाउँमा उभिने सम्भावना निकै कम छ । उनीहरूलाई रोक्न देउवाको किचेन क्याबिनेट सक्षम छ ।

प्रकाशमानलाई कमजोर बनाउन गगन थापा र विमलेन्द्रलाई कमजोर बनाउन शुरूमा खुमबहादुर, त्यसपछि विजय गच्छदारलाई अघि सारेका देउवाले अब गोपालमानलाई उभ्याउँदै छन् । कांग्रेसभित्र सिटौला समूहको उदयलाई तेस्रो धार भन्नेहरू पनि धेरै छन् । यो धार जति बलियो हुन्छ, देउवालाई त्यति सहयोग पुग्छ । यो धारबाट गगन थापाको बलियो सम्भावना छ तर उनका पछि लाग्ने युवाहरू राजनीतिमा कम टिकेका छन् ।

अब देउवाले आरजुलाई ब्याक गराएर पूर्वसहमतिअनुसार निधिलाई उत्तराधिकारीका रूपमा अघि सार्लान् कि आरजुकै निम्ति फेरि एकपटक अन्तिम कसरत गर्लान् ? यो प्रश्न कांग्रेसभित्र निकै पेचिलो बनेको छ ।

केही वर्षयता गगनका गतिविधि देउवाका लागि लाभदायक भएका छन् । कांग्रेसलाई आफ्नो हातमा लिने आरजुको दीर्घकालीन योजनामा गगनका गतिविधि साधक हुने देखिन्छ ।

गत आम निर्वाचनमा प्रचार–प्रसारको मध्यतिर महामन्त्री डा. शशांकले बीबीसीसँगको एक अन्तर्वार्तामा भनेका थिए– शेरबहादुरजीले न त पार्टी सङ्गठन राम्रोसँग अगाडि बढाउनुभयो, न सरकारको नेतृत्व गरेर राम्रो परफर्मेन्स देखाउनुभयो, अब चुनावपछि रामचन्द्र दाइले सरकारको नेतृत्व गर्नुहुनेछ, पार्टीको नेतृत्व म गर्नेछु ।

चुनावी परिणामले कांग्रेसलाई धेरै पछाडि धकेलिदियो । पौडेल प्रतिनिधिसभा सदस्यमै पराजित भए । कोरोनाको दोस्रो लहर सुस्ताउँदै गयो भने देउवाले पार्टीको महाधिवेशन आगामी भदौ २३ गतेभित्रै सम्पन्न गराउने सम्भावना छ । महामन्त्री कोइरालाले पार्टी सभापतिको उम्मेवार ‘पौडेल होइन, म हो’ भनिसकेका छन् । प्रधानमन्त्री बन्ने सम्भावना नभएको नेतालाई सभापति पदमा चुनाव जित्न सजिलो नहुने महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहको तर्कले पौडेललाई अप्ठेरोमा पारेको छ ।

पार्टीभित्रको अहिलेको प्रतिपक्षका तर्फबाट पौडेलको उत्तराधिकारीका रूपमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहमात्रै दाबेदार होइनन्, डा. शेखर कोइराला पनि सशक्त दाबेदार हुन् । उमेरका कारण पनि डा. शेखर पन्ध्रौँ महाधिवेशन पर्खने अवस्थामा छैनन् ।

देउवाका लागि संस्थापन पक्षमा खासै ठूलो चुनौती छैन । तेहौँ महाधिवेशनको सेरोफेरोमा देउवाका उत्तराधिकारीका रूपमा हेरिएका थिए निधि ।
महाधिवेशनपछि देउवाले निधिको सट्टा आफ्नी श्रीमती आरजुलाई उत्तराधिकारी बनाउने रणनीति लिएपछि निधिका लागि परिस्थितिले कोल्टो फेरेको छ । पहिलो कुरा, निधि लामो समय उपसभापति मनोनित भएनन् । दोस्रो कुरा, निधिलाई प्रतिनिधिसभा निर्वाचनमा पराजित गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली सक्रिय भए । यसको अदृश्य पाटो अर्कै छ ।

एकपटक चुनाव हार्दैमा ५८ वर्षीया आरजु थाकेकी छैनन् । त्यो पराजय आरजुको सक्रिय राजनीतिको शुरूवात हो भन्ने यर्थाथ पचाउन कतिपय कांग्रेसजनलाई कठिन भएको छ । नेतृ शैलजा आचार्यले उति वेलै भविष्यवाणी गरेकी थिइन् ।

चुनावका समय सभापति एवं प्रधानमन्त्री देउवा आफैँले गृहमन्त्रालय सम्हालेका कारण निधि र गोपालमान श्रेष्ठलाई चुनाव जित्न सजिलो थिएन ।

तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले अबको संसदीय दलको नेता आरजु राणा भनेर घोषणा गरेका थिए । बस्नेत त्यस्तो घोषणा स्वविवेकले गर्ने हैसियतका नेता होइनन् । श्रीमती आरजुले चुनाव हारेपछि देउवाको किचेन क्याबिनेटको हिसाब गडबड भयो ।

अब देउवाले आरजुलाई ब्याक गराएर पूर्वसहमतिअनुसार निधिलाई उत्तराधिकारीका रूपमा अघि सार्लान् कि आरजुकै निम्ति फेरि एकपटक अन्तिम कसरत गर्लान् ? यो प्रश्न कांग्रेसभित्र निकै पेचिलो बनेको छ ।

उपसभापति निधि दुवै कोणबाट अप्ठेरो अवस्थामा छन् । पार्टीभित्र देउवा कमजोर हुँदा वा बलियो हुँदा, दुवै अवस्थामा अप्ठेरो छ । देउवा कमजोर हुँदा नेतृत्व शशांकको हातमा जाने र बलियो भए उनी आफैँ सभापति बन्ने सम्भावना हुन्छ ।

देउवाले अझै पार्टी नेतृत्वमा लोभ गर्नुको अर्थ श्रीमती आरजुका निम्ति हो भनेर बुझ्न कठिन छैन । नागरिकता प्रमाणपत्रअनुसार ७५ वर्षका भए पनि देउवा ७९ वर्षका भए ।

आरजु उमेरले डा. प्रकाशशरण महत, बालकृष्ण खाण, चन्द्र भण्डारी, एनपी साउद, लगायतका नेताहरू भन्दा कान्छी छन् । उनी दुई कार्यकाल सांसद भइसकेकी छिन् । एकपटक चुनाव हार्दैमा ५८ वर्षीया आरजु थाकेकी छैनन् । त्यो पराजय आरजुको सक्रिय राजनीतिको शुरूवात हो भन्ने यर्थाथ पचाउन कतिपय कांग्रेसजनलाई कठिन भएको छ । नेतृ शैलजा आचार्यले उति वेलै भविष्यवाणी गरेकी थिइन् ।


भर्खर

0