सिन्धुपाल्चोकमा बाढीको वितण्डा (फोटोफिचर) | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा बाढीको वितण्डा (फोटोफिचर)


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षासंगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले वितण्डा मच्चाएको छ।

बाढीका कारण बस्ती डुबानमा पर्दा पाँच सय बढी मानिस विस्थापित भएका छन् भने घर तथा पुलहरू बगाएको छ । जिल्ला प्रहरीका अनुसार दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ ।

बाढीले हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको छ । हेलम्बु र मेलम्चीको पूरै बजार डुबानमा परेको छ । कयौँ घर बगेका छन् । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठूलठूला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजारमाथिको डाँडामा पुगेका छन् । मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन् । बाढीले दर्जनौँ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ भने सात जनाको परिचय खुलेको छ ।

यसअघि मंगलबार साँझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दामाथि भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथि नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  २ : ४२ बजे

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

चिनियाँ केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

बेइजिङ। चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको