बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरो क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल राहत तथा उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज बिहान बसेको गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री अधिकारीले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाइ निर्देशन दिएका हुन् ।

बैठकमा सुरक्षानिकायका प्रमुखहरुले बाढी पहिरो र डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई जानकारी गराएका थिए ।

गृहमन्त्री नेतृत्वमा बसेको बैठकमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका रथी प्रभुराम शर्मा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी अधिकृत अनिल पोखरेल लगाएत सहभागी थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : २३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय