दर्जनौ मान्छे बेपत्ता छन्, जताततै त्राही त्राही मात्र छ : हेलम्बु क्षेत्रका स्थानीय | Khabarhub Khabarhub

दर्जनौ मान्छे बेपत्ता छन्, जताततै त्राही त्राही मात्र छ : हेलम्बु क्षेत्रका स्थानीय


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका दीपकिरण खड्काले यो विपतीबाट उम्कन भगवान भरोसाको अवस्था रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा चार तस्वीर राख्दै स्थिति भयावह भएको बताएका छन् ।

पानी धेरै नपरेको भएपनि लगातार खोलामा पानीको सतह बढ्दै गएको उनले लेखेका छन् ।

‘अब यस्तो कहिले नहोस !’ लेख्दै उनले हेलम्बु क्षेत्रका तस्वीर र उर्लेको मेलम्ची नदीलाई तस्वीरमा कैद गरेका छन् ।

आफ्नी माइली हजुरआमा बेपत्ता भएको उल्लेख गर्दै उनले आफूहरु पहिले घर भएको ठाउँ सेरामा अहिलेसम्म सुरक्षित रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘बिजुली नभएकाले प्रायः जसो फोन स्वीच अफ छन्। माथीतिरका पूलहरु बगाएको खबर छ। दर्जनौं मान्छेहरु बेपत्ता छन्। जताततै त्राही त्राही छ ! यो अन्धकार भुमरीबाट उम्कनु छ ! दैवको भरोसामा जो छौँ !’

उनले आफ्नो फार्महरु केही बाँकी नरहेको, खेत सबै बाढीले ढाकेको, बाढी अझै शान्त नभएको बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : १० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६