कोभिड–१९ ले धेरै प्रकारले संक्रमण गर्छ « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

कोभिड–१९ ले धेरै प्रकारले संक्रमण गर्छ



‘सार्स–कोभ २’ भाइरसका लागि कुनै परिचय आवश्यक छैन । यो महामारी वैज्ञानिक अनुसन्धान र भाइरसबीचको एक प्रकारको दौड हो जसले मानव जीवनमाथि हमला गरिराखेको छ । भ्याक्सिनका अतिरिक्त उपचारका दृष्टिकोणले केही चिकित्सकीय अभ्यासबाहेक सय वर्षयता हुँदै आएको पारम्परिक उपचारमा विज्ञानले केही मात्रामा मात्रै हस्तक्षेप गर्न सकेको छ ।

उदाहरणका लागि हामीसँग भाइरल रोगसँग लड्न सक्ने कुनै प्रभावकारी उपचार विधि नै छैन । यस प्रकारका भाइरल रोगहरूलाई शरीरको अन्य भागजस्तै फोक्सो र रक्तनलीसम्म फैलिन नदिने हामीसँग कुनै उपचार पद्धति विकास नै भएको छैन । यस्तै शरीरकै एउटा भागबाट अर्को भागमा भाइरल रोग संक्रमण हुन नदिई रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै चिकित्सकिय विधि हामीले आजसम्म विकास गर्न सकेका छैनौँ ।

स्वास्थ्य विज्ञानको एउटा समस्या भनेको यसले कि त निश्चित विचार अनुशरण गर्छ अथवा निश्चित विधिमा सञ्चालन हुन्छ । यो पूर्वनजिरबाट अलिक धेरै प्रभावित भएको देखिन्छ । 

सिद्धान्त त धेरै छन् तर एउटै उमेर समूहका युवामध्ये कसैले भाइरल रोग सहजै पचाउँछन् र केहीमा रोग फैलिएको अन्तिमसम्म पनि किन थाहा हुँदैन भन्ने कुरा हाम्रो चिकित्सकीय विधिले पत्ता लगाउन सकेको छैन ।

स्वास्थ्य विज्ञानको एउटा समस्या भनेको यसले कि त निश्चित विचार अनुशरण गर्छ अथवा निश्चित विधिमा सञ्चालन हुन्छ । यो पूर्वनजिरबाट अलिक धेरै प्रभावित भएको देखिन्छ । यस्तो प्रक्रियामा केही फाइदा भए पनि यसले नयाँ प्रकारको खोजमा भने सीमितता ल्याउँछ । भाइरसले हाम्रो शरीरमा पार्न सक्ने प्रभाव रोक्ने तरिका वा विषयमा हामी भविष्यमा चनाखो हुनुपर्छ ।

योसँगै, चामत्कारिक प्रभावको वाचा गर्नेलाई निरुत्साहित गर्नुपर्छ र मानिसहरू यस्तो विज्ञापनको प्रभावमा नपरून् भन्नेतर्फ काम गर्नुपर्छ । यस्तो समाग्रीमा वैज्ञानिक आधार हुने सम्भावना निकै कम हुन्छ । दुःखद कुरा त के छ भने वैज्ञानिकले भन्दा यस्ता किसिमको वाचा गर्नेले मानिसलाई बढी प्रभावित बनाउन सक्छन् । घोटाला गर्ने यस्ता किसिमका मानिस छद्यभेषमा आउँछन् । केही आविष्कारकहरू यस प्रकारको उत्पादनमा यति धेरै आश्वस्त हुन्छन् कि उनीहरू ढोगी व्यक्ति पहिचान नै गर्न सक्दैनन् ।

भाइरस शरीरमा यसरी फैलिन्छ

भाइरसहरू विशेष गरी धुलो जस्ता कण हुन्छन् जसमा आनुवंशिक गुण समावेश हुने सम्भावना बढी हुन्छ, यसमा अतिरिक्त बाह्य पदार्थ हुन्छ । ‘सार्स–कोभ २’ भाइरसले मानिसलाई संक्रमण फैलाउने माध्यमका रूपमा प्राप्त गरेको अकाट्य तथ्य हो । यसको एक जीवित उदाहरण अहिलेको महामारी हो ।

विश्वभर रहेको आर्थिक असमानता, जनसंख्याको घनत्व र भ्याक्सिन प्रयोगमा मानिसमा देखिएको हिच्किचाहटका कारण पनि महामारी सहजै नियन्त्रणमा आउने देखिँदैन ।

यदि हामीले यसको संक्रमण दर भ्याक्सिनको प्रयोगबाट नियन्त्रणमा लिन सक्यौँ भने हामीले सौद्धान्तिक हिसाबमा यो महामारी नियन्त्रणमा लिन सक्छौँ यद्यपि यो एक जटिल काम हो । विश्वभर रहेको आर्थिक असमानता, जनसंख्याको घनत्व र भ्याक्सिन प्रयोगमा मानिसमा देखिएको हिच्किचाहटका कारण पनि महामारी सहजै नियन्त्रणमा आउने देखिँदैन ।

कोभिड–१९ दुई प्रक्रिया भएको बिमार हो । पहिलो प्रक्रियामा मानिसहरू भाइरसको संक्रमणपछि केही स्थिर हुन्छन् । दोस्रो प्रक्रियामा भाइरसको संक्रमणसँगै शरीरका विभिन्न भागमा असर पुगेको देखिन्छ । स्पष्ट के छ भने जुन भाइरस मानव शरीरविना फैलिन सक्दैन त्यसले मासिनको शरीरलाई खास असर पनि गर्दैन । विडम्बना के छ भने हामीले शरीरभित्र भाइरस फैलिन नदिन प्रभावकारी काम गर्न सकेका छैनौँ ।

हामीमध्य धेरै ‘सार्स–कोभ २’ हाम्रो शरीरको कोषमा प्रवेश गर्ने प्रक्रियाका विषयमा जानकार छौँ । यसका लागि ‘एसीई–२’ ग्रहणकर्ता आवश्यक पर्छ जसमा भाइरसको स्पाइक प्रोटिन प्रवेश गर्छ । यसरी भाइरस हाम्रो रक्त कोषमा प्रवेश गर्छ । रक्त कोषमा प्रवेश गरेको भाइरसले अन्य भाइरस उत्पादन गर्छ, त्यो पनि हाम्रै शरीरभित्र रहेको पौष्टिक पदार्थको प्रयोगबाट । यी भाइरसले आफ्नो प्रक्रिया चालु राख्न अन्य कोषमा पनि प्रवेश गर्ने क्रम जारी राख्छन् ।

हामीलाई यो पनि थाहा छ कि ‘एचआईभी–१’ र ‘पानीसरा’ जस्ता भाइरसले पनि कोषबाटै संक्रमण गर्छन् । अर्को शब्दमा भन्ने हो भने यस्ता भाइरस संक्रमण हुन कोषको सतहबाट बाहिर निस्किन र फेरि प्रवेश गर्न ग्रहणकर्ता आवश्यक पर्दैन ।

यहाँ मुख्य प्रश्न भनेको के भाइरसले अन्य तरिकाबाट आफ्नो नजिक रहेको कोषमा प्रवेश गर्छ, गर्दैन भन्ने हो । अर्को अर्थमा भन्ने हो भने भाइरसलाई अर्को कोषसम्मको यात्रा अघि बढाउन सधैँ ‘एसीई–२’ ग्रहणकर्ताको आवश्यकता पर्छ अथवा पर्दैन ?

यसरी प्रवेश गर्छ शरीरमा 

शरीरभित्र प्रवेश गरेपछि कोरोना भाइरस आफँै कसरी उत्पत्ति हुन्छ भन्ने जान्नु महत्वूर्ण हुन्छ । हामी सबैले कल्पना गर्न सक्छौँ कि हाम्रो शरीरको मांसतन्तु कत्तिको व्यापक हुन्छ भन्ने । त्योसँगै लाखौँ कोष जोडिएका हुन्छन् । कोषभित्रको स्वतन्त्र सतहमा भाइरस खोज्न र संक्रमण हुन दुर्लभ हुन्छ ।

हामीलाई यो पनि थाहा छ कि ‘एचआईभी–१’ र ‘पानीसरा’ जस्ता भाइरसले पनि कोषबाटै संक्रमण गर्छन् । अर्को शब्दमा भन्ने हो भने यस्ता भाइरस संक्रमण हुन कोषको सतहबाट बाहिर निस्किन र फेरि प्रवेश गर्न ग्रहणकर्ता आवश्यक पर्दैन ।

यो दृष्टिकोणलाई अझ सरल भाषामा भन्नुपर्दा, हामी एक क्षणका लागि अग्लो अपार्टमन्ट सम्झौँ । उक्त अपार्टमन्टमा एउटा किरा झ्यालबाट प्रवेश ग¥यो । अपार्टमन्टभित्र प्रवेश गरेपछि उसले तीव्र रुपमा आफ्नो सन्तान जन्माउन थाल्यो । यसरी जन्मिएका किरा भित्ताको सहारामा अन्य अपार्टमन्टमा प्रवेश गर्छन् । यो प्रक्रिया जारी रहँदा किराले सम्पूर्ण अपार्टमेन्ट नै संक्रमित बनाउँछ, त्यो पनि ठूलो संख्यामा ।

यसको विपरीत अर्को किसिमको किरा छ जुन झ्याल खुला भएको अवस्थामा मात्रै अपार्टमन्टभित्र प्रवेश गर्न सक्छ र भित्ताको सहारामा अपार्टमन्टको अर्को कोठामा प्रवेश गर्न सक्दैन । यस्तो अवस्थामा पहिलो किराले पु¥याउन सक्ने खालाको असर दोस्रो किराले पुर्‍याउँदैन ।

‘सार्स–कोभ २’ भाइरस दोस्रो तरिकाले पनि मानिसको शरिरमा प्रवेश गर्नसक्छ भन्ने कुरा करिब वर्षदिन अघि बाहिर आएको थियो ।

गुर्दास कलेज र कोलकातास्थित जबादपुर विश्वविद्यालयका अनुसन्धानकर्ता अनामिका बासु र उनका साथीहरूले २६ मे २०२० मा एक अनुसन्धान रिपोर्ट प्रकाशित गरेका थिए । त्यसमा ‘सार्स–कोभ २’ मानिसको शरीरमा पहिला भनिएको तरिकाभन्दा फरक तरिकाबाट पनि प्रवेश गर्ने बताइएको छ ।

केही दिनअघि अर्थात १ जुन २०२१ मा ओहायो विश्वविद्यालयका कोङ चेङ र वासिङटन विश्वविद्यालयका केही अनुसन्धानकर्ताले ‘सार्स–कोभ २’ एउटा कोषबाट अर्को कोषमा प्रवेश गर्न सक्ने पत्ता लगाएका छन् । यसको मतलब भाइरस फरक तरिकाबाट पनि शरीरमा प्रवेश गर्नसक्छ ।

भाइरस इन्टरसेलुलर रूपमा जोडिएर एक कोषबाट अर्को कोषमा प्रवेश गर्छ । कहिलेकाहीँ सानो फोकाका माध्यमबाट पनि यात्रा गर्छ । आफूलाई सहज हुने साइटोस्केलेटनको सहायताबाट पनि भाइरस एक कोषबाट अर्को कोषमा प्रवेश गर्न सक्छ ।

यो प्रक्रियाको महत्वपूर्ण पाटो भनेको कोषहरूबीचको भरिलो स्थानमा भाइरसलाई एन्टिबडीले नियन्त्रण गर्न सक्दैन जुन प्रकारले खाली स्थानमा भएको भाइरसलाई गर्न सक्छ । हाम्रो शरीरमा उत्पादन हुने एन्टिबडीमध्ये भाइरसलाई नियन्त्रणमा लिनसक्ने एन्टिबडी सानो तत्व मात्रै हो । यसले भाइरसलाई ‘एसीई–२’ ग्रहणकर्तासँगको सम्पर्कमा आउनबाट रोक्ने काम गर्छ ।

यद्यपि भाइरसलाई नियन्त्रण गर्ने एन्टिबडी साँघुरो इन्टरसेलुरमा पर्याप्त मात्रामा प्रवेश गर्न सक्दैन । यसले गर्दा भाइरस नियन्त्रणमा लिने एन्टिबडीको रोकावटविना अतिरिक्त हिसाबमा भाइरस फैलिन पाउँछ ।

यसको पुष्टि नतालिया क्रुग्लोवा र गमलेया नेसनल रिसर्च सेन्टर मस्र्कोस्थित उनका साथीहरूले गरेका छन् । जुन ५ मे २०२१ मा प्रकाशित पनि भएको छ । उनीहरूले कोषबाट कोषमा हुने प्रवेशलाई भाइरस नियन्त्रणमा लिन एन्टिबडीले प्रभावित गर्न नसक्ने पुष्टि गरेका छन् ।

हाम्रो शरीरमा अन्य रोग प्रतिरोधात्मक क्षमता पनि रहेको हुन्छ जसले यसलाई नियन्त्रणमा लिनसक्छ । तर पनि एक कोषबाट अर्को कोषमा हुने भाइरसको प्रवेश भने चासोको विषय हो । यसले उपचारका लागि आवश्यक सम्भावना प्रदान गर्न सक्छ ।

छोटकरीमा, ‘सार्स–कोभ २’ भाइरस कोषभित्र ‘एसीई–२’ ग्रहणकर्ताको बाहिरी कोषको माध्यबाट शरीरभित्र प्रवेश गर्छ । यो एक कोषबाट अर्को कोषमा ग्रहणकर्ताको माध्यमबाट मात्रै प्रवेश गर्दैन, कोषबाट कोषको संक्रमणको प्रक्रियामा पनि सहभागी हुन्छ ।

के कोषबाट कोषमा हुने संक्रमणलाई चिकित्सकीय माध्यबाट रोक्न सकिन्छ अथवा एक पटक विकास भएको एन्टिबडी एजेन्ट महामारी नियन्त्रणका लागि उपयोग गर्न सुरक्षित हुन्छ ? भविष्यका लागि यो महत्वपूर्ण प्रश्न हो ।

(डा. राजीव जयदेवन कोचिन च्याप्टर अफ इन्डेन मेडिकल एशोसिएनका पूर्व अध्यक्ष हुन् । उनी कोरोना भाइरस नियन्त्रणका लागि भारत सरकारको राष्ट्रिय कार्यदल (आईएमए) का सदस्य पनि हुन् । १४ जुन २०२१ मा अब्र्जभर एन्ड रिर्सच फाउन्डेशनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0