वास्तु अनुसार यसरी पाइन्छ श्रीमानको प्रेम | Khabarhub Khabarhub

वास्तु अनुसार यसरी पाइन्छ श्रीमानको प्रेम


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानाको रंग र स्वाद बढाउने बेसार स्वास्थ्यकालागि निकै लाभदायि हुन्छ । तर बेसारको उपयोगिता स्वास्थ्यमा मात्र होइन ज्योतिषिय विज्ञानमा समेत रहेको छ । ज्योतिषिय मान्यता अनुसार बेसारको प्रयोगले जीवनमा जोडीएको कैयौं समस्या नष्ट गर्न सकिन्छ ।

१. ज्योतिषिय मान्यता अनुसार घरको वास्तु दोष वा नकारात्मक ऊर्जा नष्ट गर्न घरको सबै कुनामा बेसारको धुलो छर्नु पर्दछ । यसले घरमा सुख–समृद्धि समेत बर्षाउने गर्दछ ।

२. हरेक बिहिबार घरमा बेसार पानी छर्किएमा सकारात्मक ऊर्जा अर्थात पोजेटिभ एनर्जी सञ्चार हुने र माता लक्ष्मी प्रसन्न हुने विश्वास छ । साथै आर्थिक स्थिति बलियो हुने गर्दछ ।

३. सपना खराब हुने र सताउने गर्दछ भने बेसारको गाठोमा धागो बाधेर सुत्दा सिरानीमा राखेर सुतेमा खराब सपना आउनबाट बच्न सकिन्छ ।

४. कुनै महिलाले श्रीमानको प्रेम पाउन सकिरहेकी छैनन् भने बिहिबार पहेलो वस्त्र धारण गरेर एक बेसारको गाठोलाई पूजा कोठामा राखेर ओम् रत्यै कामदेवायः नमः मन्त्रको एक रुद्राक्ष माला जप गर्ने र साँझ बेसनबाट बनेका नखाएका पति प्रेम मिल्ने विश्वास गरिन्छ ।

५. दैनिक बिहान बेसार र तिलक लगाएर मात्र घर बाहिर निस्किएमा व्यक्तिको मष्तिक शान्त रहने र रिस कम हुने गर्दछ । साथै नुहाउने पानीमा एक चिम्टि बेसार हालेर नुहाएमा भाग्य तेज हुने, मान सम्मान मिल्ने र जागिर पाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : २५ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,