महामारीमा रवीनालाई रातो लिपिस्टिकको चिन्ता | Khabarhub Khabarhub

महामारीमा रवीनालाई रातो लिपिस्टिकको चिन्ता


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना महामारी सुरु भएपछि विश्वभर मास्कको प्रयोग अनिवार्य गरिएको छ । अझ सार्वजनिक कार्यक्रम तथा भेलामा मास्कको महत्व बढ्दो छ ।

कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम गर्न आव्हान गरिरहेका छन् ।

तर बलिउड अभिनेत्री रवीना टण्डन यो मामलामा अलिक फरक निस्किइन् । दैनिक जागरणका अनुसार उनले इन्स्टाग्राममा रातो लिपिस्टिकवाला एक तस्वीर शेयर गरेकी छन् । इन्स्टाग्राम प्रयोगकर्ताको ध्यान रवीनाको तस्वीर भन्दा पनि त्यसमा लेखिएको क्याप्सनले तानेको छ ।

‘गत वर्षदेखि मास्क लगाएका कारण आफ्नो मनपर्ने रातो लिपिस्टिकलाई निकै मिस गरिरहेकी छु’, उनले लेखेकी छन् । उनको यो तस्वीरलाई प्रयोगकर्ताले निकै मनपराएका छन् ।

उनको तस्बिरमा हजारौं लाइक आएका छन् भने कैयौं बलिउड अभिनेत्रीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०