प्रधानमन्त्रीलाई फेरि शपथग्रहण गराउन जसपाको माग | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई फेरि शपथग्रहण गराउन जसपाको माग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरी पुनः शपथग्रहण गराउन माग गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको शपथ बदरसहित विभिन्न तीन माग राखेका हुन् ।

उनले शपथग्रहण बदर गरी पुनः शपथग्रण गराउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् ।

‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’, यादवले विज्ञप्तिमा भनिएको छ ।

यी हुन् जसपाका तीन माग

१) २०७० वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्याशमा प्रतिज्ञा गर्दछ नभनी ’सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।

२) नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्त बमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदूतहरू नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भए गरेको छ। यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेशी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।

३) देशमा हाल देखा परेको कोभिडको दोश्रो लहरले नेपाली जनताहरू आक्रान्त छन् । यस्तो अवस्थामा पनि सरकारले जिम्मेवारीपूर्वक आपतकालीन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको मात्र होइन अस्पतालहरूमा कोभिडका बिरामीहरुका लागि बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डास्टर अर्थात आवश्यक जनशक्ति,बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नुपर्दछ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ०० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश