राष्ट्रियसभा उपनिर्वाचन : ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने | Khabarhub Khabarhub

राष्ट्रियसभा उपनिर्वाचन : ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ ।

स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पीसीआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग र मास्कलाई अनिवार्य गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कोभिड– १९ संक्रमण देखिएका मतदाताका लागि बेग्लै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधि सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिने छ ।

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस शिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायत मतदान सामग्री तथा मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणनास्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिने जनाइएको छ ।

मतदानस्थलमा अनिवार्य रुपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्ने जस्ता प्रावधान स्वास्थ्य सुरक्षा मापदण्डमा छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : ३० बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा