विश्वभर दैनिक संक्रमित भन्दा निको हुने बढ्दै | Khabarhub Khabarhub

विश्वभर दैनिक संक्रमित भन्दा निको हुने बढ्दै

अमेरिकामा संक्रमण नियन्त्रणउन्मुख, भारतमा घट्दो क्रममा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ८ लाख २१ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै दुई लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड २५ लाख ८१ हजार ४०७ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.३८ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ३१ लाख ६९ हजार ३०० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७२ लाख ४ हजार ६२८ छ । यसमध्ये १ लाख २ हजार ९५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार २६५ पुगेको छ  । पछिल्लो २४ घण्टामा ११ हजार ८२३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा घट्दै संक्रमण

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ ।

अमेरिकामा २ करोड ७० लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा एक लाख ९५३ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७० लाख ९७ हजार ५९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४८८ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख  ९९ हजार ८३९ पुगेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख ९५ हजार ३३६ पुगेको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।

संक्रमण दर घटेपछि भारतमा जाग्दै आशा

दोस्रो लहरको हटस्पट बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ । संक्रमणको दरमा कमी आएसँगै त्यहाँको जनजीवन विस्तारै पूर्ववत अवस्थामा फर्कने आशा जागेको अधिकारीहरूले जनाएका छन् ।

तथापि पहिलो लहरको संक्रमण उच्च विन्दुमा पुग्दा एक लाख हाराहरीसम्म संक्रमित भेटिएको भारतमा अहिले पनि दैनिक तीन लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो सातायता भने दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभर ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७०  हजार ३१९ पुगेको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३४ हजार ८५२ जनाको मृत्यु भएको छ । यस्तै  रूसमा १ लाख १५ हजार ‍४८० जना, बेलायतमा १ लाख २७ हजार ६७५ जना, फ्रान्समा १ लाख ७ हजार ५३५ जना, इटालीमा १ लाख २४ हजार ६४ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकमा ४७ लाखभन्दा धेरैमा संक्रमण

अफ्रिकामा पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४७ लाख २३ हजार ४४० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ५६ हजार ४७१ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । मृत्यु भएका सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार ४२९ पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पनि पुष्टि गरेको छ ।

अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन्।

सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो ।

दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख ११ हजार १४३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाख १४ हजार ८१७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : २५ बजे

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ