इजरायल र प्यालेस्टाइनका नेतासँग अमेरिकी राष्ट्रपति बाइडेनको टेलिफोन संवाद | Khabarhub Khabarhub

इजरायल र प्यालेस्टाइनका नेतासँग अमेरिकी राष्ट्रपति बाइडेनको टेलिफोन संवाद


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो ब्यक्त गरेका छन् ।

गत सोमबारदेखि गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा भिडन्त जारी रहेपछि बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरेका छन् ।

राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन संवाद गरेका हुन् ।

सो क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणको प्रतिरक्षाका लागि अमेरिकाको सदैव सहयोग रहने प्रतिवद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

इजरायलले गाजापट्टीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय रहेको भवनमाथि बम बर्साएपछि अमेरिकाले त्यसकाप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जेन साकीले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले इजरायललाई पत्रकार र स्वतन्त्र मीडियाको सुरक्षा सुनिश्चितता गर्न उसको प्रमुख भूमिका रहेको बताएका छौँ।’

शनिबार इजरायलले गाजास्थित एक बहुतल्ले भवनमा बम बर्साएको थियो । सो भवनमा कयौँ विदेशी मीडियाका कार्यालय थिए।

बाइडेनले सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पनि टेलिफोन संवाद गरेका छन् ।

उनले हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोक्न दबाब दिएको जनाइएको छ ।

गएको सोमबारदेखि जारी भिडन्तमा अहिलेसम्म १५८ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएको छ । त्यसमा गाजामा कम्तीमा १४८ तथा इजरायलमा १० जनाको ज्यान गएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : १० बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,