एफबीआईले हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको छ : निर्देशक क्रिस्टोफर | Khabarhub Khabarhub

एफबीआईले हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको छ : निर्देशक क्रिस्टोफर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन डी.सी.– अमेरिकी संघीय अनुसन्धान व्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोले अमेरिकाभित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै निर्देशक रे ले हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोक्न एफबीआईले अनुसन्धान गरिरहेको बताएका हुन्।

अमेरिकी सेनेटको गुप्तचर समितिका सदस्यहरूलाई एफबीआईले अमेरिकामा चीनसंग जोडीएका २,००० भन्दा बढी अनुसन्धानहरू गरिरहेको जानकारी गराएका हुन्।

उनले अमेरिकी नवीनता, प्रविधि, अर्थिक सुरक्षा, सामरिक चासो र प्रजातान्त्रिक विचारहरूको लागि चीनभन्दा ठूलो गम्भीर खतरा कुनैपनि देश नरहेको बताए।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : ११ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि