ह्वीप नमान्ने चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी | Khabarhub Khabarhub

ह्वीप नमान्ने चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी

कारबाही भोग्न तयार छौँ : सांसद अमरबहादुर थापा



काठमाडौँ – पार्टी ह्वीप विपरित मतदान गरेर कर्णाली सरकार जोगाउने चार जना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ ।

तर, ह्वीप उल्लंघन गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभाका सांसद अमरबहादुर थापाले कारबाहीका लागि तयार रहेको बताए । ह्वीप उल्लंघन गर्नेलाई कारबाही हुने जानकारी भएरै उल्लंघन गरेको उनले बताए । उनले खबरहबसँग भने, ‘कारबाही गर्ने होला, कारबाहीको कुनै अर्थ छैन ।’

केन्द्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कारबाही गरिएको भन्दै उनले भने, ‘पहिलो कुरा माधव नेपाललाई कारबाही गरेपछि हामीलाई कारबाही गरेर के अर्थ भयो र ? कारबाही गरेपनि, जे गरेपनि हामीलाई केही फरक पर्नेवाला छैन ।’

सांसदको पदभन्दा महत्वपूर्ण संगठन रहेको भन्दै उनले भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको संगठन हो । संगठनलाई अघि बढाएर जाने हो ।’

अब बन्ने सरकारमा समेत सहभागी हुने उनले बताए । उनले भने, ‘सरकारमा जाने नै हो । तर कुन मितिमा जाने भनेर अहिले नै निर्णय भइसकेको छैन । ’

माओवादी परित्याग गरेर एमालेमा नेताहरू गएको भन्दै उनले प्रश्न गरे, ‘प्रचण्डका मान्छे केपी ओलीकोमा जान हुने हामी जान किन नहुने ?’

यसैबीच, ह्वीप उल्लंघन गरेका सांसदलाई के गर्ने भन्ने निर्णय गर्न एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । बैठकपछि आवश्यक निर्णय लिने जनाइएको छ ।

एमाले सांसदले फ्लोर क्रस गरेपछि अल्पमतमा परेको कर्णाली सरकार फेरि बहुमतमा पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : २३ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द