पत्रकार महासंघको चुनावमा ५ संगठनबीचको सहकार्यमा चौतारीका बस्नेतले जनाए असन्तुष्टि | Khabarhub Khabarhub

पत्रकार महासंघको चुनावमा ५ संगठनबीचको सहकार्यमा चौतारीका बस्नेतले जनाए असन्तुष्टि


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि ५ संगठनहरुबीच सहकार्य हुने भएको छ ।

मंगलबार पाँच संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघको चुनावमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन् ।

प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने जनाएका हुन् ।

उनीहरुले नेपाल पत्रकार महासंघको सबै तहका संरचनाहरुमा विचारगत तथा विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिकरुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशील संघ/संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्दै अन्य संगठनहरुलाई पनि यो अभियानमा आउन आव्हान गरेका छन् ।

यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सहकार्यप्रत असन्तुष्टि जनाएका छन् ।

उनले प्रेस चौतारीको नामबाट सहमतिमा हस्ताक्षरको अधिकार कुनै पदाधिकारीला नदिएको र हस्ताक्षर गर्ने आफ्नो संगठनको नभएको जनाएका छन् ।

‘प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, प्रेस चौतारीको नाममा हस्ताक्षर गर्ने अधिकार मैले कुनै पदाधिकारीलाई दिएको छैन, उनले फेसबुकमा लेखेका छन्, ‘जस्ले गर्छन, तिनीहरू यो संगठनका होइनन् ।’

प्रेस चौतारीको तर्फबाट महासचिव राजेश राईले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ३४ बजे

आज २०८१ साल वैशाख ५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ५ गते बुधबार तदनुसार

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको