कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता | Khabarhub Khabarhub

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सचिवालयमा मंगलबार तीन महत्पूर्ण प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण र संकल्प प्रस्ताव सचिवालयमा दर्ता गराएको हो । तीनवटै प्रस्तावको प्रस्तावकमा सांसद डा. डिला पन्त संग्रौला रहेकी छन् ।

प्रस्ताव एउटा विदेशमा नेपाली श्रमिकले रोजगारी गुमाएको सम्बन्धी, एउटा घरेलु हिंसासम्बन्धी र एउटा महिला र बालबालिका हिंसासम्बन्धी छ । तीनवटै प्रस्ताव गृह मन्त्रालयसँग सम्बन्धित छन् ।

प्रस्तावक संग्रौलाले वैदेशिक रोजगारीबाट फर्किएका महिला तथा युवाको व्यवस्थापन, बलात्कारको घटनामा पीडितलाई न्याय र अपराधीलाई दण्ड सजायका साथै छिटो छरितो अनुसन्धान प्रक्रिया अगाडि बढाउन र घरेलु हिंसा सम्बन्धमा गरी तीनवटा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ५२ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले