शाहरुखका कारण विद्यालयबाट निकालिएका थिए रणवीर | Khabarhub Khabarhub

शाहरुखका कारण विद्यालयबाट निकालिएका थिए रणवीर


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता रणवीर सिंह अहिलेका चल्तीका अभिनेता हुन् । उनले धेरै राम्रा फिल्ममा आफ्नो दमदार अभिनय कला देखाइसकेका छन् ।

रणवीर अभिनेता शाहरुख खानलाई मनपर्ने कलाकार मान्छन् । उनले आफ्ना कैयौं अन्तरवार्तामा शाहरुखका कारण स्कुलबाट आफू निकालिएको खुलाएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचार अनुसार रणवीर स्कुलमा पढिरहँदा त्यो समयमा शाहरुखले एकसेएक हिट फिल्म दिइरहेका थिए ।

एकदिन उनी कक्षाकोठामा शाहरुखको सुपरहिट गीत ‘छैया छैया’ लुकेर सुनिरहेका थिए । जसै यो कुरो शिक्षकले थाहा पाए, त्यसपछि उनलाई शिक्षकले निलम्बन गरिदिए ।

‘म ९० को दशकको बच्चा हुँ । सन् १९८५ मा जन्मिएँ, ९० को युग त्यो हो, जसले मलाई चिनाउछ । फिल्म संगीत, पप कल्चर, फेसन मेरो सुरुवाती समयदेखि नै हिस्सा थिए । त्यहीकारण पनि म त्यो समयमा शाहरुखका गीत खुबै सुन्दथें । एकदिन गीत सुनिरहँदा मलाई शिक्षकले निलम्बन गरिदिए ।’ उनले भनेका छन् ।

शाहरुखको गीत ‘छैयाँ छैयाँ’ फिल्म ‘दिल से’को हो । यो गीतमा शाहरुख र मलाइका अरोडा फिचर्ड छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ३५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको