आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम | Khabarhub Khabarhub

आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै काम लगभग सकिएको छ, केही दिनभित्र किताब छाप्न दिन्छौँ ।’

नयाँ पाठ्यक्रम अनुसार कक्षा २ र कक्षा ३ मा चार वटा विषय राखिएको छ । कक्षा ६ मा ६ वटा विषय राखिएको छ । यी कक्षामा एउटा स्थानीय पाठ्यक्रम पनि पढाइ हुन्छ । कक्षा १२ मा चार वटा अनिवार्य विषयसहित ६ वटा विषय राखिएको छ ।

कक्षा १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणित विषय अनिवार्य गरिएको छ ।

अनिवार्य विषयमा विद्यार्थीहरूले सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणितमध्ये एउटा रोज्न पाउनेछन् ।
चार वटा समूहमा विभाजन गरेर ७९ वटा विषय ऐच्छिक विषयका रूपमा राखिएका छन् । विद्यार्थीले यी समूहबाट तीन वटा ऐच्छिक विषय छान्नु पर्नेछ । यसरी कक्षा १२ का विद्यार्थीले ६ वटा विषय पढ्नुपर्नेछ ।

हाल कक्षा १२ का विद्यार्थीले ५०० पूर्णाङ्कका ५ वटा विषय पढिरहेका छन् ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १२ मा ६ वटा विषय हप्तामा २७ क्रेडिट आवरमा पढाइ हुनेछ । अर्थात् २७ घण्टा पढ्नुपर्नेछ । विद्यार्थीको परीक्षा ग्रेडिङ प्रणालीमा हुनेछ ।

चालु शैक्षिक वर्षमा कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । अर्को वर्ष कक्षा ४, कक्षा ७ र कक्षा ९ मा लागू हुनेछ । २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गरिसक्ने योजना छ ।

चालु शैक्षिक वर्षमा नयाँ पाठ्क्रम लागू गर्दा कक्षा ११ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित शिक्षक र सरोकारवालाहरूले विरोध जनाएका थिए ।

कोभिड–१९ का कारण यस वर्षको शैक्षिक सत्रमा असर पुगेकाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असारमा नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको छ ।

यस्तो छ परिवर्तित विषय
कक्षा २ र कक्षा ३ : नेपाली, अंग्रेजी, गणित, मेरो सेरोफेरो, स्थानीय पाठ्यक्रम ।
कक्षा ६  :  नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, स्वास्थ्य शारीरिक तथा सृजनात्मक कला, स्थानीय पाठ्यक्रम ।
कक्षा १२ : नेपाली, अंग्रेजी । सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणितमध्ये एक, ऐक्षिक विषय तीन वटा ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : १३ बजे

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई