एउटा सम्पन्न बस्तीमा एक गरिब कलाकार बस्थे । गाउँबाट बाहिर जाने समयमा बाटोमा भेटेजति सबैलाई विनम्रतापूर्वक प्रणाम गर्थे ।
एक दिन बस्तीका सम्पन्न नागरिकलाई राजदरबारबाट निमन्त्रणा आयो । उनीहरु सबै त्यहाँ पुगे । राजासहित कर्मचारीले उनीहरुको स्वागत गरे ।
त्यस वेला उनीहरुले बस्तीको त्यो गरिब कलाकार पनि त्यहीँ पुगेको र स्वयम् महाराजले उठेर उनलाई सम्मानसहित आफ्नो नजिक बस्न भनिरहेको देखे ।
सबै देखेर बस्तीका मानिस छक्क परे ।
दोस्रो दिन उनीहरुले कलाकारसँग सोधे— ‘हामीले तिमीलाई साधारण मानिस सम्झिरहेका थियौँ । तिम्रो त राजदरबारसम्म सम्मान रहेछ, तिमीले हामीलाई बताउँदा पनि बताएनौँ ?’
कलाकारले विनम्रतापूर्वक भने— ‘यसमा बताउने कुरा के छ र ? जसले कलालाई बुझ्छन् उनीहरु त्यसलाई प्रणाम गर्छन् र जसले बुझ्दैनन् उनीहरुलाई म प्रणाम गर्छु ।’
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया