ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन जरुरी : नेता पौडेल | Khabarhub Khabarhub

ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन जरुरी : नेता पौडेल


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल  समूहका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले मुलुकलाई नै संकटमा पार्ने गरी ओलीबाट भएको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका हुन ।

नेता पौडेलले प्रधानमन्त्री ओलीले निर्वाचन गर्नको लागि यो स्टेप नचालेको पनि दाबी गरे । पौडेलले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको तीन वर्ष उपलब्धिविहीन भएको तर्क गरे ।

साक्षात्कारमा कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले संघर्षमै रहेको बताए ।

उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारतर्फ धकेलिनेमा चिन्ता व्यक्त गरे ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने तर, त्यसको लागि अहिलेको व्यवस्था नै गलत हो भनेर दलहरुले विचार गर्नुपर्ने बताए ।

अहिलेको राजनीतिक समस्या/संकटको समाधान अब संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०