रिहानाले नांगिएर गणेशको लकेट लगाएपछि... | Khabarhub Khabarhub

रिहानाले नांगिएर गणेशको लकेट लगाएपछि…


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–हलिउड अभिनेत्री तथा पप स्टार रिहाना पुनः एकपटक भारतीय मिडियामा चर्चाको विषय बनेकी छन् । केही समय अघि भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा ट्वीट गरेपछि विवाद र चर्चामा आएकी रिहाना यसपटक भने आफ्नो नग्न तस्वीरका कारण चर्चामा छिन् ।

सामाजिक सञ्जाल आफैले पोस्ट गरेको तस्वीरमा रिहानाले भगवान गणेशको लकेट लगाएकी छन् । सञ्जाल प्रयोगकर्ताले रिहानाको नग्नता भन्दा पनि त्यो नग्नतामाथि गणेशको लकेट लगाएकोमा आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीको प्रवक्ता राम कदमले ट्वीट गर्दै रिहानाको कदमप्रति असन्तुष्टि व्यक्ति गरेका छन् ।

‘रिहानाले जुन किसिमले हाम्रो हिन्दु देवता भगवान गणेशको मजाक उडाएकी छन्, यो आफैंमा निकै घटिया काम हो । यो तस्वीरले रिहानालाई भारतीय संस्कारको बारेमा केही थाहा छैन भन्ने कुरा प्रष्ट पारेको छ । आशा छ कि अब राहुल गान्धी र अन्य काँग्रेस नेता उनीबाट सहयोग लिने काम बन्द गर्नेछन्,’ कदमले ट्वीट गरेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ०५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न