मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर | Khabarhub Khabarhub

मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

आज जिल्लाको उत्तर–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको दुबै वडामा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ७ सय ७१ परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

गुजरा नगरपालिकाको वडा नम्बर ८ को जुगौलियामा २१४, देवीपुरमा ६२ र पिपरामा ९५ घर परिवार तथा वडा नम्बर ९ को दयालपुरमा १४०, अमतवामा १३०, अमतवा चौधरी टोलमा ग्यास १३० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण भएको हो ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहाले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न मन्त्री साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भूमिका खेलेको भन्दै प्रसंशा गरे ।

प्रतिनिधिसभाको निर्वाचन ताका मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् ।

यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुशवाहासहित मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह, नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, नेता चन्देश्वर बैठालगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द