निधिको नाममा फ्यानले बनाए मन्दिर | Khabarhub Khabarhub

निधिको नाममा फ्यानले बनाए मन्दिर


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड र दक्षिण भारतीय फिल्ममा धेरै यस्ता अभिनेता तथा अभिनेत्री छन्, जसको फ्यान फलोइङ कुनै ठूलो स्टारको भन्दा कम छैन । यी स्टारहरुलाई उनका फ्यानहरुले फरक फरक किसिमले सम्झने गर्दछन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री निधि अग्रवाललाई उनका फ्यानले फरक किसिमले सम्झिएका छन् । प्रेम दिवसको अवसर पारेर चेन्नाईमा रहेका उनका फ्यानहरुले उनको नामको मन्दिर बनाइदिएका छन् ।

हालका दिनमा सामाजिक सञ्जालमा निधिको मूर्तिको तस्वीरहरु भाइरल भइरहेका छन् । तस्वीरहरुमा अभिनेत्रीका फ्यान उनको मूर्तिलाई दुधले नुहाइरहेका छन् । उनको पुजा गरिरहेका छन् ।

निधिले आफ्नो नाममा फ्यानले मन्दिर र मूर्ति बनाइदिएकोमा खुशी व्यक्त गरेकी छन् । ‘म यो उद्योगमा नयाँ हुँ । मैले तमिलमा केवल दुई फिल्म मात्र गरेकी छु । त्यो भन्दा बढी तेलुगूमा छ । म यो समयमा दुवै भाषाका केही फिल्मको सुटिङ गरिरहेकी छु । फ्यानले गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि म चकित भएकी छु’, उनले भनेकी छन् ।

अभिनेत्री निधि भन्दा अघि एमजीआर, खुशबू सुन्दर, हंसिका मोटवानी र नयनतारासहित कैयौं कलाकारको मन्दिर बनिसकेको छ । निधिले सन् २०१७ मा बलिउड फिल्म ‘मुन्ना माइकल’मा अभिनयमा पाइला चालेकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४५ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन