प्रदर्शनकारीलाई २० वर्ष जेल हाल्ने म्यानमारको सेनाको चेतावनी | Khabarhub Khabarhub

प्रदर्शनकारीलाई २० वर्ष जेल हाल्ने म्यानमारको सेनाको चेतावनी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सैन्य ‘कु’ विरुद्ध प्रदर्शन चर्किएपछि म्यानमारको सेनाले प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

म्यान्मारका विभिन्न सहरहरूमा हतियारसहितका गाडीहरू गुडिरहेका बेला कानून परिमार्जन पनि गरिएको सेनाले घोषणा गरेको छ ।

परिमार्जित कानुनमा अब बोलेर, लेखेर वा साङ्केतिकसहित जुनसुकै रूपमा सेनाप्रति घृणा बढाउने काम गरेको पाइए जेल सजायसहित जरिवानाको व्यवस्था गरिने उल्लेख छ।

त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीन देखि सात वर्षसम्म जेल सजाय हुन सक्ने सेनाले आफ्नो वेबसाइटमार्फत उल्लेख छ ।

सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार पनि प्रत्यायोजन गरेको छ।

सेनाले प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि म्यानमारमा विरोध प्रदर्शन चर्किरहेको छ ।

प्रदर्शनकारीहरूले नजरबन्दमा रहेकी नेत्री आङ सान सुकीको रिहाइ र प्रजातन्त्रको पुनर्बहालिको माग गरिरहेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ४५ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ