सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई | Khabarhub Khabarhub

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।

“गाउँ/नगर कार्यसमितिका साथीसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्ने पार्टीका सबै तहका साथी, भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु”, पूर्वप्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले गत पुस १३ र पुस २५ को पार्टीको प्रदर्शनमा झैंँ आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत स्वतःस्फूर्त रुपमा सक्रिय भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन ।

सभापति देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पुर्‍याउने सञ्चारकर्मीमा पनि कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गरेका छन ।

पार्टीले ७५३ पालिकाका छ हजार ७४३ वडामा पनि विरोध प्रदर्शन गर्दै छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ४७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द