संसद् विघटन सदर भए अदालतविरुद्ध जनता सडकमा उत्रिन्छन् : डा केसी | Khabarhub Khabarhub

संसद् विघटन सदर भए अदालतविरुद्ध जनता सडकमा उत्रिन्छन् : डा केसी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. गोविन्द केसीले सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको संसद् विघटनलाई सदर गरे अदालतविरुद्ध जनता सडकमा उर्लिने बताएकबा छन् ।

आज माइतीघरमा आयोजित नागरिक आन्दोलनलाई सम्बोधन गर्दै डा केसीले सबै संवैधानिक अंगहरु जनतालाई रैती बनाउनलाई नभइ सेवा दिनलाई बनाइएको बताए ।

उनले प्रधानमन्त्री ओलीले भ्रष्टाचार, दलालीगर्ने लगायतलाई संरक्षण दिएको आरोप लगाउँदै आफ्नो कुर्ची नै हल्लिन थालेपछि संसद विघटनको असंवैधानिक कदम चालेको बताए ।

उनले भने ‘अहिले सबैको आँखा सर्वोच्च अदालतमा रहेको छ, जनताले आशा गरेका छन्, अदालले संविधानको रक्षा गर्छ । जनताको आशा पूरा गर्नेछ, ओलीको धम्कीमा संविधानसभा विघटन सदर हुन्छ भने जनता सडकमा ओर्लिन्छन् ।’

ओलीको गैरसंवैधानिक कदमविरुद्ध अदालतमा मुद्दा विचाराधीन भएकाले धेरै टिप्पणी नगर्ने तर अदालत पनि जनताको निगरानीमा रहेको उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ५१ बजे

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय