दाङ पुगेर ओलीप्रति कटाक्ष गर्दै माधव नेपालले भने-प्रचण्ड इमान्दार नेता | Khabarhub Khabarhub

दाङ पुगेर ओलीप्रति कटाक्ष गर्दै माधव नेपालले भने-प्रचण्ड इमान्दार नेता


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डजस्तो व्यवहारमा इमान्दार नेता अरु कोही नभएको बताएका छन् ।
दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपालको वर्तमान राजनीतिक नेताहरुमध्ये प्रचण्ड सबैभन्दा इमान्दार भएको भन्दै प्रशंसा गरे । इमान्दार नेताका रुपमा प्रचण्ड देखिएको बताउँदै अध्यक्ष नेपालले केपी ओली विध्वंशको प्रतीक भएको आरोप लगाए।
अध्यक्ष नेपालले संविधानविपरीत कार्य गरेकाले ओलीले जनताबाट सजाय पाउने दाबीसमेत गरे । ओलीमा कुनै नैतिकता नै नभएको बताउँदै अध्यक्ष नेपालले अहमता र तानाशाह प्रवृत्ति केही दिनमै ढल्ने दाबी गरे ।
दाङमा नेकपाको प्रचण्ड–माधव पक्षले जिल्ला स्तरीय भेला आयोजना गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १ : ५० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले