परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ ।

तीन दिनको भारत भ्रमणका क्रममा दिल्लीमा रहेका ज्ञवालीले अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्वीरहरू रक्षामन्त्री सिंहले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ,’ सिंहले ट्वीटरमा लेखेका छन् ।

भेटवार्तामा परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित थिए ।

मन्त्री ज्ञवाली आजै अपराह्न ४ बजे नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १२ : १५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द