नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने | Khabarhub Khabarhub

नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौँमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

दिउँसो १ बजे तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल-नेपाल समूहले कार्यकर्तातहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको हो ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् । पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।

प्रतिनिधिसभा विघटनकै मुद्दा सर्वोच्च अदालतमा समेत पुगेको छ । अदालते यस मुद्दाको छिनोफानो नगर्दासम्म वैशाखमा नै चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना भन्ने विषय अन्योलमा छ ।

चुनाव अन्योलमा रहिरहँदा प्रधानमन्त्री ओलीले दैनिक जसोका सम्बोधनमा समयमै निर्वाचन हुने बताउन छाडेका छैनन् भने त्यसलाई चुनौती दिने गरी दाहाल-नेपाल समूह आन्दोलनमा छ ।

दाहाल-नेपाल समूह कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पार्ने रणनीतिमा पनि लागेको छ ।

तर, कांग्रेसले यसमा अझै पनि प्रष्ट संकेत नदिएपछि उक्त समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले बुधबार साँझ बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर फकाउने प्रयाससमेत गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापित भइहालेमा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाइने र त्यसपछिको संयुक्त सरकार बनाउनका लागि दाहाल-नेपालले देउवाको साथ खोजेका छन् ।

तर, प्रधानमन्त्री को हुने भन्नेमा दाहाल-नेपालले प्रष्ट प्रस्ताव नराखेपछि देउवाले अदालबाट हुने फैसलाकै आधारमा अघि बढ्ने जवाफ दिएको जनाइएको छ । यद्यपि कांग्रेस पनि ओलीविरूद्धको कदममा अहिले सडक संघर्षमै छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ३२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन