कांग्रेसले आज देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै | Khabarhub Khabarhub

कांग्रेसले आज देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै

कुन नेताले कहाँ सम्बोधन गर्ने ?


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि कांग्रेस देशव्यापी प्रदर्शनमा छ ।

कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वटै वडामा विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले देशभर संघीय संसदका निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरिसकेको छ ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले हिजै अपिल गरेका थिए ।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ ।

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे थिए ।

सर्वोच्च अदालतसम्म आवाज पुग्ने गरी सारा जनताले डटेर विरोध पर्ने उनको आग्रह थियो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनाइको प्रक्रियमा रहेको बेला पौडेलले आन्दोलनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आग्रह गरे । कांग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ ।

सभापति देउवाले काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यस्तै वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै महामन्त्री डा शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । पूर्वमहामन्त्री प्रकाशमानसिंह काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेता डा मिनेन्द्र रिजाललाई नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेता प्रदीप पौडेल विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्मा भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्रचोक र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै कांग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ५४ बजे

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको