ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, १६ प्रतिशत लाभांश पारित | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, १६ प्रतिशत लाभांश पारित


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समिति चयन गरेको हो।

सञ्चालक सदस्यमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शनकृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) छन्।

अध्यक्ष ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ।

बैंकले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र करपछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ।
बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।

बैंकले ७३ जिल्लामा रहेका २६४ शाखामार्फत २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : ०८ बजे

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा