राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नुपरेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ ।’

सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा विश्व हात धुने दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ५१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना