कोरोना कहरले स्थगित कक्षा १२ को परीक्षा आजदेखि | Khabarhub Khabarhub

कोरोना कहरले स्थगित कक्षा १२ को परीक्षा आजदेखि


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दैछ । कोरोना कहारका कारण यसअघि स्थगित परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

यस पटक ३ लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।

प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ ।

विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।

परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्‍याइने परीक्षा बोर्डका अध्यक्ष डा. पौडेलले बताए ।

यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ६ : ३५ बजे

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त