सफल व्यक्तित्व बिल गेट्सबारे केही जानकारी | Khabarhub Khabarhub

सफल व्यक्तित्व बिल गेट्सबारे केही जानकारी


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिल गेट्स केही वर्ष अघिसम्म संसारकै सबैभन्दा धनी व्यक्ति थिए । उनलाई पर्सनल कम्प्युटर क्रान्तिका जनक मानिन्छ । माइक्रोसफ्ट जस्तो विश्वविख्यात सफ्टवेयर कम्पनीका संस्थापक गेट्सले कम्प्युटरको धूनमा हार्वड विश्वविद्यालयको पढाई अधुरै छोडे ।

जब हार्डवेयर कम्पनीहरु धन बटुल्न व्यस्त थिए तब बिल गेट्सले सफ्टवेयरको महत्व र संभावनालाई बुझे । १९८२ मा गेट्सले सीटल कम्प्युटर्स नामक एउटा सानो कम्पनीबाट एम.एस.डस प्रोग्राम किनेर त्यसलाई कम्प्युटरको अनिवार्य हिस्सा बनाइदिए । कम्प्युटर क्रान्ति ल्याउनमा बिल गेट्सको एम.एस.डस, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सेल जस्ता सफ्टवेयरको महत्वपूर्ण योगदान छ ।

गेट्सले सि.डी. रोमको उपयोगितालाई पनि पहिचान गरे । तर पनि अदूदर्शी हार्डवेयर निर्माता आफ्ना कम्प्युटरमा सी.डी. रोम हाल्न तयार भएनन् । त्यसकारण गेट्सले पहिलो मल्टिमिडिया एन्सायक्लोपेडिया एन्कार्टा तयार पारे । यस कदमबाट सी.डी रोमको महत्व बुझाउन सजिलो भयो । बिल गेट्स आफ्नो कम्पनीमा सबैभन्दा प्रतिभाशाली कर्मचारीहरुलाई राख्थे र तिनले मागेजति तलब दिन्थे । माइक्रोसफ्टमा कर्मचारीहरुलाई कम्पनीको शेयर किन्ने विकल्प पनि दिइन्छ । यो सुविधाको प्रयोगबाट धेरै कर्मचारीहरु करोडपति भइसकेका छन् ।

बिल गेट्स समयलाई अत्यन्त महत्व दिन्छन् । आधी रातसम्म काम गर्नु माइक्रोसफ्टको लागि सामान्य कुरा हो । नेटरस्केपका माइक टाइरेलले भनेझैँ, माइक्रोसफ्टका कर्मचारीहरु सुत्छन् जस्तो मलाई लाग्दैन । समय बचाउनका लागि बिल गेट्स कार चलाइरहँदा पनि मोबाइलमा जरुरी कुरा गर्छन् । उनी समयमा हवाईजहाज भ्याउन एकदमै सही समयमा पुग्छन् । एकैपटक धेरै काम गर्छन् । अनि, गेट्स टि.भी. हेर्दैनन् किनभने उनी यसलाई आफ्नो अमूल्य समयको बर्बादी मान्छन् ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ४८ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो