माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने | Khabarhub Khabarhub

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि, दाहालको प्रस्तावमा छलफल हुने


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

शनिबार शुरू भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजको बैठकमा दाहालको उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरुले समूहगत सुझाव दिँदैछन् ।

केन्द्रीय सदस्यहरुको सुझावलाई समेटेर दाहालको प्रतिवेदन पास गर्ने बैठकको तयारी छ ।

दाहालले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रस्ताव गरेका छन् भने आगामी निर्वाचनसम्म नै अहिलेको ५ दलीय गठबन्धन कायम राख्नुपर्ने विषय प्रतिवेदनमा समेटेका छन् ।

केन्द्रीय कमिटी बैठकअघि अहिले स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ  ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : १० बजे

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा