पहिले आनाकानी गर्नेहरु अहिले खोप लगाउन आतुर ! | Khabarhub Khabarhub

पहिले आनाकानी गर्नेहरु अहिले खोप लगाउन आतुर !



नवलपुर– सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइरहँदा पूर्वी नवलपरासीमा विहीबारदेखि खोप लगाउन शुरु गरिएको छ ।

पहिलो चरणमा ६५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाइएको थियो । देशैभर ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाउन शुरु गरिएपछि नवलपुरबासी खोप लगाउने भीड लागेको छ ।

स्वास्थ्यकर्मी लगायत अग्रमोर्चामा काम गर्ने कर्मचारी, प्रहरी, पत्रकारहरुलाई खोप लगाउन आह्वान गर्दा आनाकानी गरेकाहरु पनि अहिले खोप लगाउन आतुर देखिएको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाइँले बताए ।

‘पहिलो पटक भारतबाट आएको परीक्षणका लागि आएको भन्दै पत्रकार लगायत वौद्धिक समुदायले नै भ्याक्सिन लगाउन आनाकानी गरेका थिए’, चापागाईँले भने, –‘अहिले ठूलो संख्यामा खोप लगाउनका लागि सिफारिस हुने गरेको छ ।’

नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाले विहीबारदेखि नै खोप लगाउन शुरु गरेको छ भने अन्य पालिकामा शुक्रबार र शनिवार खोप लगाइँदैछ । भेरोसेलको पहिलो खोप लगाएकाहरुलाई पनि दोस्रो डोज लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हरेक पालिकाका स्वास्थ्य चौकीहरुमा खोप लगाउने ब्यवस्था मिलाइएको छ ।

५५ वर्ष भन्दामाथिका उमेर समूहका साथै शिक्षक, कर्मचारी, अत्यावश्यक सेवाका पहिले छुटेका ब्यक्ति, वैदेशिक रोजजारीमा जान तयारीमा रहेका, सार्वजनिक यातायातका चालक, सहचालकहरुलाई पनि मा कार्यरत चालक तथा सह चालकलाई खोप लगाईदैँछ ।

गैँडाकोट नगर अस्पताल, अमरापुरी स्वास्थ्य चौकी, गैँडाकोट स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र तोकिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

यस्तै, देवचुली नगरपालिकाले चार वटा खोप केन्द्र तोकेको छ । देवचुलीको दुम्कौली अस्पताल केउरेनी, प्रगतिनगर स्वास्थ्य चौकी धारापानी, रजहर स्वास्थ्य चौकी फारम र देवचुली स्वास्थ्य चौकी रामवासमा शुक्रबार र शनिवार लक्षित समूहलाई परिचय पत्र वा कुनै प्रमाणपत्रको लिएर खोप लगाइने देवचुली नगरपालिकाले जनाएको छ ।

उता, जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाले जिल्ला अस्पतालका साथै विभिन्न स्वास्थ्य चौकीहरुमा खोप केन्द्र तोकेको छ । कावासोती नगरपालिकालाई यस पटक ४ हजार १ सय २० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय कावासोतीले जनाएको छ ।

अन्य पालिकाहरुले पनि विभिन्न स्वास्थ्य चौकीहरुमा खोप केन्द्र तोकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : १० बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर