कानून मन्त्री कार्की र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट (भिडियोसहित) | Khabarhub Khabarhub

कानून मन्त्री कार्की र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट (भिडियोसहित)


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राबीच  शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रमालयमा बिहीबार भएको भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

क्वात्राले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामी दिनमा समेत दुई देशबीच सहयोग, सहकार्य र सद्‍भावना थप गाढा हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले नेपाल र भारतबीचको मित्रता ऐतिहासिक रहेको तथा दुई देशबीचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गरे ।

साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागि भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यबाद व्यक्त गरे ।

हेरौँ भिडियो

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : २२ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार