‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदै तापसी | Khabarhub Khabarhub

‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदै तापसी


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं(बलिउड हंगामा)– अभिनयमा अब्बल अभिनेत्री तापसी पन्नु अब निर्मात्रीका रुपमा दर्शकमाझ आउँदैछन् । दशक भन्दा बढी समयदेखि बलिउडमा सक्रिय यी अभिनेत्रीले आउटसाइडर्स फिल्मस नामक प्रोडक्सन कम्पनीको सुरुवात गरेकी छन् ।

यो प्रोडक्सन हाउसँगै उनी विगत २० वर्षदेखि बलिउडमा निर्माण र कन्टेन क्रिएटरको रुपमा कार्यरत प्राञ्जल खण्डियासँग सहकार्य गरेकी छन् । प्रोडक्सनको पहिलो भेञ्चरका रुपमा उनी नयाँ फिल्मको सह–निर्माता बन्दैछिन् ।

समाचारअनुसार तापसीले पहिलो फिल्मको रुपमा स्पेनिस साइकोलोजिकल थ्रिलर ‘जुलियाज आइ’को हिन्दी रिमेक बनाउदैछिन् । फिल्मको बारेमा चाँडै नै घोषणा गरिनेछ ।

‘जुलियाज आइ’को स्पेनिस भर्सन गुइली मोरल्सले निर्देशन गरेका हुन् । फिल्मले आफ्ना जम्ल्याहा बहिनीको निधनको अनुसन्धान गरिरहेकी एक महिलाले दृष्टि शक्ति विस्तारै गुमाउदै गएको कथालाई चित्रण गरेको छ ।

यो फिल्म बेंगाली, तेुलुगू, तमिल र मराठी भाषामा निर्माण भइसकेको छ । तापसीले यसअघि स्पेनिस फिल्म ‘द इनभिजिबल गेस्ट’को हिन्दी रिमेक ‘बदला’मा अभिनय गरेकी थिइन् ।

फिल्ममा विशाल राणा र इचिलोन प्रोडक्सनको विशाल राणा र एन्थोनी डिसोजाको निर्माण हुनेछ । यसबाहेक तापसीले ‘ब्लर’को सहनिर्माण गर्नेछिन् । सन् २०२२ मा थिएटरमा आउने यो फिल्ममा पवन सोनी र अजय बहलको लेखन छ ।

कामको कुरा गर्दा तापसी ‘लुप लपेटा’, ‘रश्मी रकेट’, ‘दोबारा’, दक्षिण भारतीय फिल्म ‘साबास मिठु’मा देखिँदैछिन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ