इङ्ल्यान्ड पराजित भए पनि गर्न सक्छौँ भन्ने देखायो « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

इङ्ल्यान्ड पराजित भए पनि गर्न सक्छौँ भन्ने देखायो



अनि हामी पराजित भयौँ । स्तब्ध र शोकमग्न भएपछि मैले अनुमान गरेँ, त्यसका केही परावर्तन र हिसाब बाँकी छ । गेराथ साउथगेट र उनको टोलीमा दुःख थियो तर पनि मैदान छाड्ने क्रममा हुने मानसिक र प्राविधिक रूपले कठिन समयमा उनीहरूले बौद्धिकतापूर्वक खेल भावना देखाए । यसो भए पनि हामी सबै आजको दिन केही दुःखी छौँ । ती व्यक्ति पनि दुःखी छन् जसलाई फुटबलमा त्यति सारो चासो छैन ।

यदि हामीले जितेको भए हामीले ट्रफी घर ल्याउन पाउँथ्यौँ, यसमा अनन्द मनाउन पाउनु महत्वपूर्ण समय हुन सक्थ्यो र साथमा सरकारले दिने एक दिनको बिदामा हामी मजाले रमाउने थियौँ । तर, जे देखियो मेरा लागि, केही कुरा परिष्कृत गर्ने यो एउटा अवसर हुन सक्छ ।

सांस्कृतिक र राजनीतिक रूपमा सन् १९६६ को विश्वकपको जितको समयदेखि हरेक वर्ष प्रगतिका लागि हामीले गरेका प्रयासहरूमा आँखा अड्किएका छन् । हामीले सार्वजनिक रूपमै फेरि शीर्ष हुन सक्ने कुरा देखाएका छौँ । हामी कति महान् थियौँ, हामी फेरि हुनेछौँ ।

पुनः मूल्याङ्कनमा बल दिनकै लागि हामीलाई केही कुरा आवश्यक छ । युवा अङ्ग्रेजहरू युरोपका च्याम्पियन हुन हाम्रा असफलताहरू औँल्याउँदै र अन्त्य गर्दै पुनर्ताजगी र उत्साहसहित नयाँ बाटोमा लाग्ने हो भने यो अद्भूत उत्प्रेरणा हुनसक्छ ।

पक्कै पनि, हामीले मौका पाएका थयौँ तर यसलाई उपयोग गर्न सकेनौँ । सन् २०१२ को ओलम्पिक तर्फ फर्केर हेरौँ त, हामी संसारकै माथिल्लो तहमा रहँदै सांस्कृतिक र साङ्गठनिक उत्कृष्टता देखायौँ । हामी कति लायक छौँ भन्ने महसुस गरायौँ ।

केही क्षण ती मुर्ख प्रधानमन्त्रीलाई बिर्सौं । आजका दिनमा उनी परेड खेल्दै आफूलाई हाम्रा फुटबल खेलाडीसँग इङ्लिस जर्सी लगाएर लय मिलाउँदै पत्तिबद्ध गराउन चाहन्छन् । हामीले यो बिर्सिसकेका छौँ, भन्नेमा उनी आशावादी छन्, तीनै खेलाडीसँग उनी लामबद्ध हुन चाहन्छन् जसका बारे उनले भावुक भएर घुँडा टेक्ने कुरा स्वीकार हुँदैन भनेका थिए । एक छिनलाई लन्डन मेयरको रूपमा २०१२ मा फर्कौं, टेबल टेनिस या विफ–वाफ परिवर्तन गर्ने कुरामा उनी जोकर नै बनेका थिए ।

यसको साटोमा हामी सोचौँ कि डेनिस बोयलको विशिष्ट र साहसी उद्घाटन समारोह मार्फत कसरी उनले हामीलाई प्रक्षेतित गरेका थिए जुन हाम्रो इतिहासमै गर्वको विषय बनेको छ । त्यसको न्यानो, इमानदार र प्रस्ट दृष्टिकोणका कारण हामी कहाँ छौँ, सोचौँ ।

जापानमा कोभिड समयमा हुन लागेको यो खेल सङ्कट नै सङ्कटले गुज्रिएको छ र पनि यसको उत्कृष्टताका बारे अहिले नै अनुमान गरौँ त । यो ठूला गल्ती विनाको हुनेछ । भवनहरू समयमा निर्माण गरिए । जीर्ण अवस्थाका रङ्गशाला पुनर्निर्माण गरिए । देशको सबैभन्दा गरिब जिल्लाले पनि खेल चालु गर्नेछ र निरन्तरता दिनेछ ।

यसलाई नकार्ने पनि थिए, विशेष गरी तिनीहरू जो बोयलको उद्घाटन समारोहले उठाउने विविधता र समावेशितालाई अस्वीकार गर्दै यसमा दोष देख्थे । यद्यपि उनीहरू अहङ्कारी शब्दावली प्रयोग गर्थे । राजनीति सही ढङ्गले चलेका कारण तिनीहरूलाई सही लाग्ने महसुस गर्ने कुराहरू भएनन् । अझै धेरै जना संसारलाई त्यो देखाउन पाएकोमा गर्वको महसुस गर्छौं जुन वास्तवमा हामी होइन । यो पूर्ण हुन बाँकी थियो । तर, यो एउटा आधुनिक देश जस्तो हुनु पर्ने हो त्यसको एउटा स्न्याप सट थियो ।

हामीले जितेको भए ट्रफी घर ल्याउन पाउँथ्यौँ, यसमा अनन्द मनाउन पाउनु महत्वपूर्ण सक्थ्यो, साथमा सरकारले दिने एक दिनको बिदामा हामी मजाले रमाउँथ्यौँ । मेरा लागि केही कुरा परिष्कृत गर्ने एउटा अवसर हुन सक्थ्यो ।

यो त्रासदी आउँदै थियो । त्यही समय र धेरै पहिलेदेखि हामीले उपभोग गर्दै आएको दुःखदायी विभाजनको मोह र बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिका सामाजिक बाछिटाका सम्भावना महसुस नै गरेनौँ । यस कारण हामी रिसेट बटन जनजिक छाँै । हामीले यसलाई कहिल्यै दबाएनौँ ।

अर्को वर्षको विश्वकपसँगै इङ्लिस टोलीले आफ्नो मूल्याङ्कनका लागि कुर्न सक्छ । हुनसक्छ केही नवीकरण होला । हामी यसमा आशावादी मात्र हुन सक्छौँ । भर गर्न सक्दैनौँ, किनकि हाम्रो राजनीति नै सक्षम छैन ।

यहाँ अझै आशा गर्न सकिने केही कारण छन् । एक अश्वेत लन्डनवासीको नाताले या विन्डरस पुस्ताको छोरा भएका नाताले, कामदार वर्गको नाताले मैले चाहने अन्यले भन्दा धेरै फरक कथा छन् जसका कारण इङ्लिस टोलीलाई समर्थन गर्न कठिन हुनेछ ।

यो दक्षिणकाहरूको हो, यो उत्तरकाहरूको हो, यो अश्वेतको हो, यो श्वेतको हो, यो विरासतहरूको मिश्रण हो, यो युवा छ, यो परीक्षण गरिएको छ, म अनुमान गर्न सक्छु, यो बहु आयामिक छ ।

तीसँग खेलाडी छ, जो आफ्नो काममा उत्कृष्ट छन् र त्यो पूरा गरेर आफ्नो भाग्य कोर्छन् । तर तिनीहरू विभिन्न किसिमले समाजको जीवनमा त्यसलाई प्रयोग गर्न चाहन्छन् जसले उनीहरूलाई भिन्न बुझेको छ । तिनीहरूले सही गर्छन्, हामी उनीहरूलाई ट्याब्लोइडमा पढ्छौँ, उनीहरू खराब गर्छन् हामी उनीहरूलाई ट्याब्लोइडमै पढ्छौँ ।

तिनीहरू सिल्ली ट्याटुसहित खेल्न आउँछन्, कसैले अन्धाधुन्ध कपाल काटेर आउँछन् ।

छोटकरीमा भन्दा बेलायतको हरेक सडकमा देखिने सामान्य आर्थिक अवस्था भएका धेरै युवा जस्तै आकार र स्वरूपमा देखिएर उनीहरू आफ्नो पहिचान दिन चाहन्छन् । लामो समयको अभ्यासले हामीमध्ये कसैसँग बेलायतको विविधता नै शक्ति हो भन्नेमा व्यावहारिक र नैतिक तर्क हुन सक्छ । इङल्यान्ड टिम यस मध्यकै हो ।

गेराथ साउथगेटको हकमा, उनले राम्रै गरेका थिए । तर, हाम्रो भविष्यवाणी यही थियो भनेर कुनै ट्याब्लोइडले उनका बारे प्रतिक्रिया जनाउनु हदभन्दा बढी नै हो । मेरै हकमा भन्ने हो भने समझदार, बलियो इच्छा शक्ति र आत्मविश्वास भएको तर घमन्ड नगर्ने, काममा केन्द्रित, भावनात्मक रूपले बुद्धिमान र सभ्य उनी हामीले आदर गर्न चाहेको बेलायती शैलीका एक प्रमुख उदाहरण हुन् ।

यदि उनी अहिले अपवाद देखिएका छन् भने त्यो उनको कारण मात्र होइन, हाम्रो जीवनको स्वरूप नै त्यस्ता चरित्रहरूबाट बनेको छ, जो राजनीतिक जीवनमा सफल हुन शालीन, गम्भीर व अझ भनौँ बौद्धिक हुने ढोँग गर्छन् ।

जितपछि मजाले खुसीयाली मनाउनु जत्तिको अर्थपूर्ण केही नहोला । त्यहाँ साउथगेट जस्ता हाम्रो संसारमा धेरै छन्; सृजनात्मक कला भएका, सामान्य प्रशासनमा, हाम्रा ठूला र साना व्यावसायिक कम्पनीहरूमा । एउटै निष्कर्षका लागि तिनीहरूले गर्ने एकसाथको सहयोगले नै धेरै काम गर्नेछ । साँच्चै भन्ने हो भने समुदाय वृत्तमा त्यति साह्रै अक्षम्य ठान्न र अपरिपक्व हुन जरुरी छैन ।

यस कारण हामीले आइतबार पराजय भोग्यौँ, कप जित्नुको साटो यो लज्जा हो, अझ नजिकै आएका कुनै कुरा गुम्नु । तर खेलाडीलाई दोष नदिऔँ । उनीहरूले आफ्नो तर्फबाट राम्रो गरे र फेरि पनि गर्ने छन् । हुनसक्छ, धन्यवाद दिने सबैभन्दा राम्रो शैली न्याय, प्रगतिशील र टोलीमाथिको आत्मविश्वास सहितको हुन सक्छ ।

(हग मुयर द गार्जियनका सम्पादक हुन् । इङ्ल्यान्डले युरो कपको फाइनलमा पराजयको सामना गरेपछिका घटनाक्रमका विषयमा द गार्जियनमा १२ जुलाइमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)


भर्खर

0