काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द | Khabarhub Khabarhub

काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पेट्रोल पम्प बन्द


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको खोपको माग गर्दै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरू आन्दोलित हुँदा काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकलगायत मजदुरहरु आन्दोलित भएका हुन् । आइतबारदेखि ढुवानी बन्द गरेका उनीहरूले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्यांकर तेर्साएर नाराबाजी गरेका छन् ।

आन्दोलित चालक र नेपाल आयल निगमबीच आज भएको वार्तामा कोरोना खोप उपलब्ध गराउने सहमति भएको छ । सहमतिसँगै चालकहरूको आन्दोलन फिर्ता भएको छ । तीन दिनदेखि ढुवानी अवरुद्ध हुँदा मंगलबार काठमाडौँका अधिकांश निजी पेट्रोल पम्प बन्द छन् । चालकहरूको आन्दोलन फिर्तासँगै ढुवानी सहज हुने र बुधबारदेखि पेट्रोल पम्प खुल्ने बताइएको छ ।

नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष इश्वर लामाले आइतबारदेखि बरौनी, अमलेखगञ्ज क्षेत्र तथा आन्तरिक ढुवानी रोकिएको बताए ।

ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ५ : ०५ बजे

भारतमा आजदेखि चुनाव, मोदीका ८ मन्त्रीको भाग्यपरीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव