‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर | Khabarhub Khabarhub

‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– फिल्म ‘पाइरेट्स अफ द केरेबियन’ स्टार जोनी डेपको श्रीमति एम्बर हर्डसँग भएको विवादको सबै असर जोनीलाई नै परेको देखिएको छ । जोनीले एक पत्रिकाविरुद्ध मुद्धा दायर गरे । तर उनी आफैं मुद्धामा हारे ।

मुद्दापछि कैयौं फिल्म निर्माताले जोनीलाई आफ्नो प्रोजेक्टबाट हटाए । यो कुरालाई नजिकबाट नियालिरहेका जोनीका फ्यानले सामाजिक सञ्जालमा एम्बरलाई डिसी मुभिजको प्रतिक्षित फिल्म ‘एक्वामेन एण्ड द लास्ट किंगडम’बाट हटाउन माग गरे ।

जोनीका फ्यानले एम्बरलाई हटाउन माग गरे पनि डिसी मुभिजले भने उनलाई सर्वाधिक महंगो पारिश्रमिकमा अनुबन्ध गरेको छ ।

‘एक्वामेन’को सफलतापछि निर्माण टिमले ‘एक्वामेन एण्ड द लास्ट किंगडम’ का लागि प्रमुख कलाकार जेसन ममोआ र एम्बरको पारिश्रमिक निकै बढाएको छ ।

‘एक्वामेन’का लागि एम्बरले ५ मिलियन डलर पारिश्रमिक बुझेकी थिइन् । फिल्मको दोस्रो संस्करणका लागि उनले १० मिलियन डलर पारिश्रमिक लिँदैछिन् ।

पारिश्रमिक बढेसँगै एम्बरले अन्य महंगो पारिश्रमिक लिने अभिनेत्रीहरुलाई टक्कर दिएकी छन् । यद्यपि सबैभन्दा महंगो अभिनेत्रीको सूचीमा पर्नका लागि उनले अझैं १५ देखि २० मिलियन डलरको अनुपातमा पुग्नुपर्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न