नक्कली सवारी पास लिएर हिँड्ने दुईजना पक्राउ | Khabarhub Khabarhub

नक्कली सवारी पास लिएर हिँड्ने दुईजना पक्राउ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाका समयमा नक्कली सवारी पास लिएर हिँड्ने दुईजनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङ छन् ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर नक्कली पास बनाई सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो ।

अमर गुरुङले चलाएको बा ८१ प ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले अहिले उनीहरु विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते’ मुद्दामा हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ३ : २६ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती