यौन इच्छा नहुनु र गर्भ नरहनुको कारण यस्तो हुनसक्छ | Khabarhub Khabarhub

यौन इच्छा नहुनु र गर्भ नरहनुको कारण यस्तो हुनसक्छ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उमेर ढल्कदै गएपछि यौन इच्छामा कमी हुनु वा यौन क्षमतामा कमी आउनु स्वभाविक हो । तर युवास्थामा नै कसैलाई यौन रुची र क्षमतामा कमी हुन्छ भने यसबारे समयमै सचेत हुन आवश्यक छ । जसकालागि निम्न खानेकुरा खानबाट बच्नु पर्दछ ।

१. धुमपान
धेरैलाई थाहा नहुन सक्छ तर चुरोट सुर्तीमा हुने निकोटिनले पनि वीर्यमा प्रभाव पार्दछ । निकोटिनयुक्त कूलतमा फसेका पुरुषहरु बाँझोपनको शिकार हुने संभावना हुन्छ ।

२. विषादीयुक्त सागसब्जी
विषादी मिसिएको तरकारी वा फलफुलले वीर्यको मात्रा घट्ने मात्र होइन त्यसको शक्ति पनि कमजोर बनाउँछ । त्यसैले बजारबाट ल्याएर फलफुल र सागपात पखालेर खानु पर्दछ ।

३. मोबाईल फोन
अहिले मोबाईल बिनाको जीवन कल्पना गर्न सकिदैँन । तर मोबाईमा हुने विद्युतीय चुम्बकीय विकिरणको निरन्तर एक्सपोजले वीर्यको गुणस्तरमा गम्भीर प्रभाव पार्दछ ।

४. केमोथेरापी
केमोथेरापी गरेका विरामीहरुमा पनि वीर्य ह्रास हुने गर्दछ । केमोथेरापी गरेका व्यक्ति मध्ये नगन्यको मात्र पाँच÷सात वर्षपछि वीर्यको मात्रामा सुधार आउने गर्दछ ।

५. मोटोपन
मोटोपनले यौन जीवन मात्र होइन वीर्यको गुणस्तरमा पनि गम्भीर असर गर्दछ । त्यसैले वजनमा नियन्त्रण पाउन सक्नु पर्दछ । यसकालागि व्यायाम गर्न जरुरी छ ।

६. असुरक्षित यौन
कहिल्यै पनि असुरक्षित यौन सम्बन्ध बनाउनु हुदैँन । आजको असुरक्षित यौनक्रियाले भोलीका दिनमा दिर्घकालिन असर पार्नुका साथै प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

७. सन्तान पाउन ढिलो नगर्ने
यदि कुनै पनि विवाहित जोडी सन्तान पाउन चाहान्छ भने यसकालागि ढिलो गर्नु हुदैँन । अन्यथा महिलाको बढ्दो उमेरले सन्तान पाउने रहर केवल रहरमै सिमित हुनसक्छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ०६ बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं