१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (विवरणसहित) | Khabarhub Khabarhub

१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (विवरणसहित)


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : ०१ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर