राजपा विवाद : महतोलाई संसदीय दलको नेता चयन भएपछि यादव समूह कार्यकारिणी समितिमा छलफल गर्दै | Khabarhub Khabarhub

राजपा विवाद : महतोलाई संसदीय दलको नेता चयन भएपछि यादव समूह कार्यकारिणी समितिमा छलफल गर्दै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु कांग्रेस, माओवादीसँग अझै निकटमा रहेर काम गर्ने बताएका छन् ।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषय नटुंगिएका बेला अध्यक्ष यादवले यो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो धारणा कांग्रेस माओवादीलाई जानकारी गराएको र सोही अनुसार अघि बढ्ने पनि दाबी गरे ।

जसपा कै अर्का अध्यक्ष महन्थ ठाकूर समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीसँग निकट रहेर छलफलमा जुटिरहेका बेला यादवले भने विपक्षी मोर्चासँग मिलेर जाने बताएका हुन् ।

यद्यपी अध्यक्ष यादवले पार्टीको विवाद मिलाउन एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आज कार्यकारिणी समितिको बैठक

हिजो अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष यादव र भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी विधान विपरीत केही नेताहरुको भेलाले राजनीतिक निर्णय गरेपछि त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको यादव पक्षका नेता मोहम्मद इस्तियाक राइनले जानकारी दिए ।

बैठकले पार्टीको विधान विपरीत काम गर्नेहरुविरुद्ध निर्णय लिन सक्ने राईनले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०