म्यानमारी सेनाविरुद्ध सशस्त्र संघर्षमा ‘ब्यूटी क्वीन’ | Khabarhub Khabarhub

म्यानमारी सेनाविरुद्ध सशस्त्र संघर्षमा ‘ब्यूटी क्वीन’


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्मा– म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैन्य ‘कु’पछि सेनाविरुद्ध नागरिकको आन्दोलन जारी छ । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार यहाँ ‘कु’ पछि झण्डै ८ सय मानिसहरु मरिसकेका छन् भने हजारौं घाइते छन् ।

अमरउजालाका अनुसार यस्तो अवस्थामा कैयौं हतियारधारी विद्रोही समूहले सेनालाई आक्रमण गर्न थालेको छ । यहीबीचमा म्यानमारकी ३२ वर्षीया ‘ब्यूटी क्वीन’ तार तेत तेतले पनि सेनाविरुद्ध हतियार उठाएकी छन् ।

उनी पनि सेनाविरुद्ध स्थानीय समूहसँग जोडिएकी छन् । उनले सामाजिक सञ्जालमा असल्ट बन्दुकका साथ केही तस्वीर राख्दै सेनाविरुद्ध कडा आक्रोश पोखेकी छन् ।

‘क्रान्ति स्याऊ जस्तो होइन, जुन तयार हुनासाथ झर्छ । हामीलाई लड्नु छ र निश्चित रुपले जित्नु पनि छ । एकपटक पुनः लड्ने समय फर्किएको छ । चाहे तपाईं एक हतियार, कलम किबोर्ड राख्नुहोस् या लोकतन्त्र समर्थक आन्दोलनका लागि पैसा दान गर्नुहोस् । हरेक कोहीलाई सफल हुने प्रयास जारी राख्नुपर्छ । म संघर्ष जारी राख्नेछु । म आफ्नो जीवन बलिदानका लागि तयार छु ।’

सन् २०१३ मा तेतले ‘मिस ग्राण्ड इन्टरनेशनल ब्यूटी पेजेण्ट’मा म्यानमारको प्रतिनिधित्व गरेकी थिइन् । यो प्रतियोगितामा ६० प्रतियागीलाई पछि पार्दै उनले ‘ब्यूटी क्वीन’को उपाधि पोल्टामा पारेकी थिइन् ।

तेत वर्तमान अवस्थामा मानिसहरुलाई जिमनास्टिक तालिम दिन्छिन् । तेतले आठ वर्ष अघि सौन्दर्य प्रतियोगिताको समयमा सेनाको अत्याचारविरुद्ध भाषण दिएकी थिइन् । जसकारण विश्वको ध्यान म्यानमारको खराब अवस्थातिर सोझिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : १० बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको