भारतमा घट्न थाल्यो संक्रमण दर | Khabarhub Khabarhub

भारतमा घट्न थाल्यो संक्रमण दर


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना संक्रमणदर घट्न थालेको छ । संक्रमणदर घटेसँगै सर्वसाधारणमा केही खुसी छाएको छ ।

बिगत केही दिन लगातार ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको इपिसेन्टर बनेको भारतमा संक्रमण दर घट्दो क्रममा गएपछि अब नियन्त्रण उन्मुख हुँदै गएको अपेक्षा गरिएको छ ।

सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८९० जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै संक्रमण मुक्त भएर घर फर्किएका छन्।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ। भारतमा कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ।

कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २०७ जनाको ज्यान गएको छ। भारतमा हालसम्म १८ करोड चार लाख ५७ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

अघिल्लो दिन भारतमा ३ लाख ४३ हजार १४४ जना नयाँ संक्रमित थपिएका थिए भने चार हजार जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : १२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न