साँझ साढे ६ बजे ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर आइपुग्ने | Khabarhub Khabarhub

साँझ साढे ६ बजे ओमनबाट ५६० थान अक्सिजन सिलिन्डर आइपुग्ने


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याउँदै छ । उक्त अक्सिजन सिलिन्डर आज साँझ साढे ६ बजे काठमाडौँ आइपुग्ने छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिन्डर लिन ओमनको लागि शनिवार बिहान उडेको छ ।

कोरोना महामारीको दोस्रो लहर चलिरहँदा नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । यसैबीच ५६० थान सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज ओमन गएको हो । जहाज शनिवार साँझ साढे ६ बजे अक्सिजन सिलिन्डर लिएर काठमाडौँ आइपुग्ने बताइएको छ ।

गैरआवासिय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो । मस्कटमा रहेको अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा खरिद गरिएको सलिन्डरलाई हाल मस्कट विमानस्थलमा राखिएको त्यहाँको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : ४८ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार