काभ्रेपलाञ्चोकमा सङ्क्रमणदर दैनिक डेढ सय | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा सङ्क्रमणदर दैनिक डेढ सय


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । कोरोना भाइरस् सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढसय हाराहारीको सङ्ख्यामा सङ्क्रमण देखिन थालेको जनाइएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १५१, अघिल्लो दिन १५६ तथा बुधबार १४६ मा कोरोना सङ्क्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हाल कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता एक हजार ७२४ सक्रिय सङ्क्रमित रहेका छन् ।

करीब हप्ताअघिसम्म दैनिक सरदर ७० सङ्क्रमित थपिने गरेकामा कन्ट्याक्ट ट्रेसिङ प्रक्रियाबाट दोब्बर सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । ‘समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएकाले बढ्दो सङ्ख्यामा यसका बिरामी देखिएका हुन्, कन्ट्याक्ट ट्रेसिङलाई नियमितता दिन सकिएमा कोरोना पत्ता लगाई ज्यान जोगाउन मद्दत पुग्ने थियो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने ।

उनका अनुसार सामान्य रुघाखोकी र ज्वरो भन्दै हेलचेक्र्याइँ गर्ने र स्वास्थ्य स्थिति बिग्रँदै गएपछि अस्पताल आउने गर्दा कोरोना परीक्षणपछि उपचारसमेत शुरु गर्न नपाउँदै अस्पतालमै मृत्यु हुने गरेका घटना देखिएका छन् । पछिल्लो हप्तादेखि समुदायस्तरमा जोखिम बढ्दै गएपछि कोरोना सङ्क्रमितको यही अवस्था रहिरहे होम आइसोलेशनमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै जाने आशङ्का गरिएको छ ।

गाउँगाउँमा कोरोना सङ्क्रमणबारे अवस्था अनुगमन गर्नुपर्नेमा त्यसो नभएकाले स्थिति भयाभह हुनसक्ने पनि झाले बताए । उनले भने, ‘स्थानीय तह अझ बढी जागरुक बन्नुपर्ने देखिन्छ, कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रममा अबको दुई हप्ता अधिकांश स्वास्थ्यकर्मी पनि व्यस्त रहन्छन् ।’ उहाँ अब निषेधाज्ञालाई ‘लकडाउन’मा बदल्दै स्वास्थ्य सङ्कटकाल घोषणा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यसैबीच यहाँ कूल कोरोना सङ्क्रमणमध्ये ३८ दशमलव ५१ प्रतिशत सक्रिय सङ्क्रमित बनेपा नगरपालिकाका छन् । जिल्लामा हालसम्म एक हजार ७२४ मा कोरोना भाइरस सङ्क्रमण देखिएमध्ये बनेपाका ६६४ हुन् । पछिल्लो २४ घण्टामा बनेपाका २४ मा, अघिल्लो दिन ३४ मा सङ्क्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका दश सङ्क्रमितको मृत्यु भएको छ । हाल कोरोनाको ‘हटस्पट’का रुपमा देखिएको बनेपा शहर जिल्लाको प्रमुख व्यापारिक केन्द्र पनि हो ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म जिल्लाका कूल एक हजार ७२४ सङ्क्रमितमध्ये बनेपामा ६६४, धुलिखेलमा ३५३, पनौतीमा २९८, पाँचखालमा १०५, नमोबुद्धमा ८० र मण्डनदेउपुर नगरपालिकामा ६७ तथा रोशीमा २३, चौंरीदेउरालीमा १८, तेमालमा २८, भुम्लु ३०, खानीखोलामा २३, बेथानचोकमा १८ र महाभारत गाउँपालिकामा १७ सक्रिय सङ्क्रमित रहेका छन् ।

कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् एक हजार ६४२ सङ्क्रमित होम आइसोलेशनमै उपचाररत छन् । हालसम्म जिल्लाका ७२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ३१ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार